काठमाडौं । नेपाल पर्यटन बोर्ड संचालक समिति सदस्यमा लिला लामा नियुक्त भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले सफल पर्यटन व्यवसायी लामालाई नियुक्ति दिएका हुन् ।
एमडी ग्रुपका अध्यक्ष रहेका लामा करिव दुुई दशकदेखि पर्यटन उद्योगमा क्रियाशिल रहेका छन् । अन्तर्राष्ट्रिय उडान टिकटमा प्रसिद्ध ‘हाम्रो टिकट’ कम्पनीका अध्यक्षसँगै एमडी होलिडे प्रालिका सञ्चालक समेत हुन् । उनले एमडी एडभेन्चर ट्राभल एण्ड टुर प्रालि समेत सञ्चालन गर्दै आएका छन्।
पर्यटन क्षेत्रमा करोडौं लगानी गरेका लामाले नेपालको पर्यटन क्षेत्र अब नयाँ शिराबाट अघि बढ्नु पर्ने बताएका छन् । बोर्डका नवनियुक्त सदस्य लामाले कोभीडका कारण थलिएको नेपालको पर्यटनलाई पुरानै लयमा फर्काउन स्टेक होल्डरको प्रभावकारी र पारदर्शी समन्वय हुनु पर्ने धारणा छ ।
नेपाल पर्यटन बोर्डलाई सबल र शसक्त बनाउन आफ्नो पक्षबाट कुनै कसर नराख्ने उनको भनाइ छ ।
‘पर्यटन क्षेत्र, उद्योग भएकाले यसलाई नयाँ स्वरुपमा सञ्चालन गर्दै विश्व पर्यटन बजारमा बोर्डलाई अर्को उचाईमा पुुर्याउने योजना छ, उनले टुरिजम मिडिया नेटवर्कसँग भने,‘यसमा बोर्ड सञ्चालक टिम, मन्त्रालय र प्रशासनको गुुडवील पहिलो समन्वय हो । यसमा सबैको एउटै भावना, विचार योजना हुन जरुरी छ । यदि यसो गर्न सकियो भने बोर्डलाई जुरुकै उठाउन सक्र्छौ ।’
लामासँगै अर्को पर्यटन व्यवसायी मदन कुमार आचार्यलाई पनि नियुक्ति दिइएको छ ।
पर्यटन मन्त्रालयका सहसचिव होमनाथ लुइटेलको संयोजकत्वमा नेपाल पर्वतारोहण संघको उपाध्यक्ष माया शेर्पा र राजेन्द्र सापकोटा सदस्य रहेको सिफारिस समितिले उनीहरुको नाम पठाएका थिए ।