मुग्लिन । गुरुङहरुले आगामी वर्ष २०७८ मा नेपालमा हुन गइरहेको राष्ट्रिय जनगणनामा धर्ममा बोन (बोम्बो) धर्म लेख्ने भएका छन् । नेपालमा गुरुङ जातिको वास्तविक धर्म बोन धर्म भए पनि पछिल्लो समय धर्म परिवर्तन गर्ने क्रम बढ्दा बोन धर्म लोप हुँदै गएकोले आगामि जनगणनामा बोन धर्म उल्लेख गर्ने भएको हो । गुरुङहरुको धार्मिक संस्था तम...
