साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानले युक्रेनलाई ४०० मिलियन डलरको मानवीय सहायता दिने घोषणा गरेका छन्। राजकुमारले युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीसँग फोनमा वार्ता गरेपछि यो घोषणा गरेका हुन्। राजकुमारले युक्रेनका राष्ट्रपतिलाई जारी संघर्ष कम गर्नका लागि साउदी अरब मध्यस्थता प्रयासलाई जारी राख्ने बताएका छन्...
