पोखराका अमर तामाङको अमेरिकामा निधन

.

काठमाडौं । पोखराका अमर माम्बा तामाङको अमेरिकामा निधन भएको छ ।

न्युयोर्कमा बस्दै आएका (३८ वर्ष) अमर तामाङको स्थानीय समय अनुसार विहान ३ बजे निधन भएको तामाङ सोसाइटी अफ अमेरिकाका पुर्व अध्यक्ष शान्त बाबु थोकरले जानकारी दिए ।

उनका अनुसार कलेजो क्यानसरको कारण तामाङको निधन भएको हो । ‘सम्भव भयो भने उहाँको पार्थीव शरीरलाई नेपाल पठाउने छौं’,उनले भने,‘प्रयास गर्दा पनि सफल भएन भने अमेरिकामा नै व्यवस्थापन गर्नेछौं । यस विषयमा छलफल भइरहेको छ।’

उनी तामाङ सोसाइटि अफ अमेरिकाका पुर्व महासचिव समेत हुन् । यस्तै, नेपाली कांग्रेस जनसम्पर्क समितिका न्युयोर्क च्याप्टरका उपाध्य समेत थिए ।

उनलाई अझ नजिकबाट चिनेका सिन्धुपाल्चोक ईन्द्रवती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले भने,‘एक जना डेडिकेट र इमान्दार व्यक्ति गुमायौं । एकदमै फ्यामिलिएर थिए । अमर सबैसँग मित्रवत व्यवहार गर्ने व्यक्ति थिए ।’ उनी हरेक कामहरु पारदर्शी र युवा जोशमा गर्न चाहने स्वभाका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार