प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ४ वर्ष कार्यकाल थप्न दबाब

.

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अर्को कार्यकाल थप गर्नु पर्ने जनमत बढ्दै गइरहेको छ ।

घाटै घाटाको दलदलमा फसेको प्राधिकरणलाई अरवौं नाफामा पुर्याउन सक्षम कार्यकारी निर्देशक घिसिङलाई काम गर्न जनमत बढ्रदै गएको हो । सामाजिक सञ्जालदेखि संस्थागत रुपमा पनि उनको पक्षमा जनमत तयार भएको सहजै देखिन्छ ।

केही वर्षअघि मात्रै नेपालमा १८ घण्टासम्म लोडसेडिङ हुने गरेको थियो । प्राधिकरणको आधिकारिक ट्रेड युनियनले कार्यकारी निर्देशक कुलमान घिसिङलाई अर्को कार्यकाल पनि दिन माग गरेको छ । नेपाल विद्युत् प्रधिकरणको ३५औं वार्षिकोत्सव कार्यक्रममा युनियनका अध्यक्ष रामेश्वर पौडेलले त्यस्तो माग गरेका हुन् ।

४ वर्षको घिसिङको नेतृत्वमा प्राधिकरणले ठूलो प्रगति हासिल गरेको भन्दै प्राधिकरणलाई अझै घिसिङको आवश्यकता रहेको अध्यक्ष पौडेलको भनाइ थियो ।

‘१४ घण्टासम्म लोडसेडिङ गर्नुपर्दा ४ वर्ष अघि प्राधिकरणको ड्रेस लगाएर हिँड्न नसक्ने अवस्था थियो । यो अवस्थालाई सुधार गरेर प्राधिकरणको कर्मचारी हुँ भनेर छाती फूलाएर हिँड्नसक्ने अबस्था अहिले बनेको छ । यो उहाँकै नेतृत्वमा सम्भव भएको हो । सरकारले यसको मूल्यांकन अवश्य नै गर्नेछ,’ अध्यक्ष पौडेलले भने, ‘अर्को वर्ष ३६ औं वार्षिकोत्सव समेत अहिलेकै टीमसँग मनाउन पाइन्छ भन्ने हामीलाई विश्वास छ ।’ कुलमानको ४ वर्षे कार्यकाल यही २९ गते सकिँदैछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार