लिदीका पहिरो पीडितका लागि तामाङ समाजको एक लाख सहयोग

.

काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका–२ लिदीका पहिरो पीडितका लागि तामाङ समाज नेपालले एक लाख पाँच हजार रुपैँया हस्तान्तरण गरिएको छ ।

तामाङ समाजको समन्वयमा नेपाल प्रवासी तामाङ समाज कतारको आर्थिक सहयोगमा जुगल गाउँपालिकाकी उप(प्रमुख सिर्जना तामाङलाई एक लाख रुपैँया हस्तान्तरण गरिएको हो ।

साथै, पहिरो पीडितका लागि सहयोग रकम हस्तान्तरण कार्यक्रममा सगु प्रोडक्शनले समेत पाँच हजार रुपैँया सहयोग गरिएको थियो । अन्तर्राष्ट्रिय तामाङ परिषदका वरिष्ठ उपाध्यक्ष टासी लामा र सचिव रविन थिङ तामाङको उपस्थितिमा सो रकम हस्तान्तरण गरिएको हो । तामाङ समाज नेपालका अध्यक्ष रोशन दोङको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार