
मानकाजी पाख्रीन
यम्बुः अमेरिकालाई कर्मथलो बनाएका गायक केशव पाख्रीनको स्वरमा नयाँ सेलो गीत बजारमा आएको छ । ‘ठेकीको मोही’ गीतको म्युजिक भिडियो सहित ल्हाप्साङ्कर्पो म्युजिक सेन्टरले एक कार्यक्रमकाबीच ल्याएको हो ।
चन्द्र कुमार दोङको संगीत, संगे ब्लोन तामाङको शब्द र खेम मोक्तनको निर्देशन रहेको उक्त भिडियोमा नायक अमीर दोङ र नायिका सुस्मिता मोक्तनको सशक्त अभिनय हेर्न सकिन्छ ।