
काठमाडौं । संघीय सांसद कृष्ण बहादुर राईले बौद्ध क्षेत्रमा निर्माण हुन लागेको ‘बागमती नगर पार्क‘को शिलान्यास गरेका छन् । मंगलबार एक औपचारिक कार्यमको साथ सांसद राईले शिलान्यास गरेका हुन् ।
पार्कको औपचारिक शिलान्यास गर्दै सांसद राईले बौद्ध क्षेत्रको प्रतिष्ठासँग जोडिएको पार्क सबको साझा हुने बताए । ‘र्पाक निर्माणका लागि महानगरले विनियोजन गरेको रकम सबैको सहयोगमा निर्णय भएको हो । हामी सबैको भूमिका छ,’ सांसद राईले भने,‘अब निर्माण सफतापुर्वक गरौं ।’
महानगरले दिएको बजेट र बौद्ध नाथ क्षेत्र विकासको समन्वयले पार्क निर्माण, सञ्चालनमा पारदर्शीता हुने राईको विश्वास थियो ।
बौद्ध नाथ क्षेत्र विकास समिति तथा बागमती नगर पार्क निर्माण समितिका अध्यक्ष चन्द्रमान लामाले आधुनिक पार्क उपत्यकाकै नमुना पार्क हुने बताए । यसको डिजाइन, अवधारणा अन्य पार्कभन्दा फरक शैलीको भएका कारण बौद्ध क्षेत्रकै प्रतिष्ठित पार्क बन्ने अध्यक्ष लामाको भनाई थियो ।
उक्त पार्क ६ करोड १६ लाख ७ हजार ३६९ रुपैँयामा सर्वशक्त्ति पशुपति जे.भीले निर्माणको जिम्मा पाएको छ ।