खेन्पो भण्डारीको पहलमा जम्बुका पहिरो पीडितलाई राहत वितरण

.

काठमाडौं । खेन्पो कमल भण्डारीको पहलमा विभिन्न दातृ निकायको सहयोगमा सिन्धुपाल्चोकको पहिरो पीडितलाई राहत वितरण गरिएको छ । बाह्रविसे नगरपालिका जम्बु पहिरोस्थलमा पुगेर खेम्पो भण्डारीले स्थानीयलाई आर्थीक सहयोग र भोटेकोशी क्षेत्रमा त्रिपाल वितरण गरिएको थियो ।

राहतमा १५ थान त्रिपाल, ने.क.पा.भोटेकोशी ईन्चार्ज अमृत कुमार खडकाबाट ८ रोल प्लास्टिक, जिल्ला रेडक्रस उप सभापति एवं नेपाली कांग्रेस भोटेकोशी २ सभापति कामी शेर्पा र नेपाल रेडक्रस तातोपानी उप शाखा सभापति बिष्णुश्रेष्ठबाट १० थान त्रिपाल र ६ रोल प्लास्टिक वितरण गरिएको हो ।

स्थानीय जनप्रतिनिधि, समाजसेवीको उपस्थितिमा उक्त आवश्यक स्रोत साधन हस्तान्तरण गरिएको खेम्पो भण्डारीले जानकारी दिए । उनका अनुसार शेर्पा संघ इजरायलले आर्थीक सहयोग गरेका थिए । यस्तै, अमेरिकाबाट जिवन तामाङ र उनको साथीहरुले आर्थीक सहयोग गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार