
याम्बु । तामाङ चलचित्र दोर्जे डन ब्याक अगेन चाडै प्रदर्शन हुने भएको छ । मंगलबार उक्त चलचित्रको गीत एला मिरी तथा फस्ट लुक सार्वजनिक गर्दै निर्माण पक्षले चाडै प्रदर्शनमा आउने जानकारी दिएको हो ।
सक्सेस फिल्मको ब्यानरमा निर्मित यस चलचित्रलाई भगवती मोक्तानले निर्माण गरेका छन । यस चलिचत्रमा नायिका सीताले निर्देशन गरेकी छिन् । प्रकाश मोक्तानको कथा लेखनमा तयार भएको यस फिल्म एक्शन प्रधान हुने अनुमान गरिएको छ ।
चलचित्रमा नायक कुमार मोक्तान, नायिका सीता लामा, सुजिना गोले, पुसन लामा, बिकास स्याङतान, अर्जुन लामा, बुद्ध लामा, अमर लामा, गोकुल तामाङ, चन्द्र लामा,गोर्खा घिसिङ, अरुन लामा लगायतले अभिनय गरेका छन् ।
चलचित्रको पहिलो गीत हेर्दा एक्सनसंगै गीत संगीत पनि लोभ लाग्दो देखिन्छ । कुमार स्याङ्बा, बिशाल काल्तान र भगवती मोक्तानको को शब्द रचना लाईृृृ र बिशाल काल्तान र जोगलाल लामाको संगीतमा गायक गायिकाहरु बिशाल काल्तान, जितु लोप्चन, शशिकला मोक्तान, धर्मलाल लामा र प्रकाश लामाले स्वर दिएका छन् ।
लक्ष्मण घिमिरे , बिक्रम मोक्तान र अभिषेक माझीको छायाँकन रहेको चलचित्र रोधी डिजिटलमा मेक बहादुर थापाले सम्पादन गरेका हुन ।
चाडै नै चलचित्रको ट्रेलर र भिडियो सार्वजनिक गर्ने नायक कुमार मोक्तानले जानकारी दिए । साथै बन्दाबन्दी खुले लगत्तै सहज वातावरण हुनासाथ चलचित्र प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ ।