मृगौला पिडित मायालाई आर्थिक सहयोग गरौं

.

याम्बु : मृगौला पिडित माया तामाङलाई आर्थिक समस्या भएपछि उपचारमा समस्यामा भएको छ । सिन्धुपाल्चोक घर भएका रमेश पाख्रीनको श्रीमति मायाको एउट मृगौला फेल भएपछि उपचारमा समस्या देखिएको परिवारले बताएको छ ।

चार महिनाअघि धुलिखेल असपतालमा स्वास्थ्य परिक्षण गर्दा मृगौला खराबको स्वास्थ्य रिपोर्ट आएको थियो । अहिले उनको अत्तरखेल स्थीत मेडिकल कलेजमा भर्ना गरेर उपचार भइरहेको छ । तर, आर्थिक अभाव भएपछि कसरी उपचार गर्ने उनको परिवारमा चिन्ता थपिएको छ ।

फेरी रमेशकै दाइ तिर्थ पाख्रिनको छोरी शशी पाख्रीन पनि ब्लड क्यान्सर रोगले ग्रसित भएको दुई वर्ष भइसकेको छ । उनको अहिले महराजगञ्ज स्थीत कान्ति बाल अस्पतालमा उपचार भइरहेको छ । यी परिवारले सहयोगको अपेक्षा गरेका छन् । सहयोगी मन भएकाहरुले निम्न नम्बरमा फोन गरेर सहयोग गर्नका लागि अपिल गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार