
काठमाडौं । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको १५ जनालाई खाद्यन्न लगाएतको राहत वितरण गरीएको छ । बौद्धका समाजसेवी सोनाम लामा र निमा पाख्रिन लामाको संयुक्त सहयोगमा उक्त राहत वितरण गरिएको हो ।
विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण आम सर्वसाधरणलाई समस्याा भएको समयमा विशेषगरी यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकलाई थप समस्या भएको भन्दै राहत वितरण गरिएको हो ।