लकडाउनले समस्यामा परेको निम्न वर्गलाई राहत वितरण गर्दै योञ्जन

.

काठमाडौं । खेन फुर्वा दोर्जे रिन्पोर्छेको सहयोगमा उपत्यकाको विभिन्न ठाउँमा असाहयहरुको घर घरमा पुगेर खाद्यन्न तथा आर्थिक सहयोग वितरण भइरहेको छ ।

केही दिनअघि मात्रै गोकर्नेश्वर नगरपालिकाका ५० भन्दा बढी गरिब असाहय अपाङ्ग बिरामीहरुलाई खाद्यान्न वितरण गरेका थिए ।
समाजसेवी याङ योञ्जनले यस अभियानमा प्रत्यक्ष रुपमा सहभागी भई सहकार्य गरि रहेकी छिन् । कोरोना भाइरसका कारण लकडाउनले गर्दा समस्या परेको अशक्त तथा निम्न वर्गका सर्वसाधारणको घर घरमा पुगेर राहत वितरण गरिएको समाजसेवी योञ्जनले बताइन ।

उनका अनुसार बुधबार मात्रै सुन्दरीजल, बेसी गाउँ र नयाँ बस्तिमा बसोबास गर्ने शारिरीक रुपमा अशक्तहरुलाई नगद तथा खाद्यन्न सामाग्री वितरण गरिएको छ । योञ्जनले भनिन्,‘राहत माग्ने धेरै हुन्छ । व्यवस्थापन गर्न गारो छ । हामीले केहीलाई दुई हजार, कतै चार हजारको दरले रकम समेत दिएका छौं ।’

9816142934/9808146673=रमेश पाख्रीन
9808275304 -तिर्थमान पाख्रीन

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार