
- दृश्य १
याम्बु: बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिको अध्यक्षमा मनोनित भएका गेसे जिगडोल शेर्पालाई हाद्र्धिक बधाई । तपाईको पाँच वर्षे कार्यकाल भव्य रुपमा सफलताको शुभकामना व्यक्त गर्न चाहान्छु ।
संस्कृति पर्यटन तथा नगारिक उड्यन मन्त्रालयले असार ३ गते ‘खेम्पो गेसे’ उपमा सहित तपाईलाई अध्यक्षमा मनोनित गरेको छ । तर, तपाई जतिको व्यक्तित्वले नियुक्ति पत्र लिदै गर्दा ‘खेम्पो गेसे’ शब्दलाई जानि जानि सहजै स्विकार्नु भएको हो की । नजानिदो ढंगले कुटनीतिक शब्दको प्रयोग गरिएको हो ।
साथै, बौद्ध धर्म अनुसार गेलुकपा सम्प्रदायभित्र गेसे मात्रै हुन्छ । गुम्बाको प्रमुखको रुपमा खेम्पो हुन्छ । तर, तपाई ‘खेम्पो गेसे’ भएको शब्दले सम्बोधन भएको पढ्न र देख्दा कतै राजनीतिक रंगले चम्तकारिक उपमा पाएको होकी भन्ने गन्ध आउँछ ।
यसकारण तपाईले अध्ययन गरेका कपन गुम्बाले समेत गेसेको रुपमा बधाई दिएको तथ्य आइ सकेको अवस्थामा तपाई कसरी खेम्पो भयो ? यो प्रश्न मेरो मात्रै होइन । आम बुद्धिष्ट, २७ सय निङमा गुम्बाको प्रश्न र तपाई सम्बध १९ गेलुकपा गुम्बाकै प्रश्न हो ।
यसकारण हामी शान्ति सदभाव र सहकार्य बाड्दैछौं की धमिलो पानीले हिलो छ्याप्दै छौं । यहाँ व्यक्ति विशेषलाई दोष दिन खोजिएको होइन । गुम्बा विकास समितिको अध्यक्ष छनौट गर्ने प्रक्रियामा खेम्पो हुनु पर्ने ‘नेपाल राजपत्र’ मा प्रष्टसंग लेखिएको छ । तर, तपाई ‘खेन्पो’ हो की ‘गेसे’ हो ?
दृश्य २
गुम्बा विकास समितिको अध्यक्षको प्रत्यासी म पनि एक हुँ । स्वच्छ विचार, पारदर्शी बौद्ध दर्शनलाई प्रवद्र्धन गर्ने उदेश्यका साथ २०७६ मंसिर १ गते अध्यक्षको उम्मेदवारका लागि २१७३ नं मेरो डकुमेन्ट दर्ता गरेको थिए । तर, पछि मेरो डकुमेन्ट भेटिएन । मात्रै, ‘आईडि कार्ड ’ भेटियो । यसपछि पुनः सोही नम्बरमा आवश्यक कागजात दर्ता गरियो ।
यसरी पर्यटन मन्त्रालयभित्र नै महत्वपुर्ण फाइल गायब हुनुलाई कसरी बुझने । यो कस्तो राजनीति हो । अनि कस्तो पद्धति हो । पर्यटन मन्त्री योगेश भटराईलाई मेरो प्रश्न । तपाई जतिको युवा मन्त्री भएको मन्त्रालयबाट फाइल हराउनु तपाई जिम्मेवार की मन्त्रालयका सचिव । यदि यस्तो हो भने मन्त्रालयको कर्मचारीलाई कारबाही हुन्छ की तपाईलाई ?
मन्त्री ज्यू, यो परिघटना र तपाईसँग भएको भेटघाटमा आकाश पातलको फरक छ । मन्त्री ज्यू, यस्तै हो भने हामी जस्ता सोझा खेन्पोहरुको मनमा कस्तो भावना आउँछ होला । जबकी हामीले २० वर्ष लगाएर अध्ययन गरेर आएका हुन्छौं । अनि संस्कृति मन्त्रालयको कु संस्कृति र विकृतिले मेरो मथिगंल अत्यन्तै गर्मी भएको छ, मन्त्री ज्यू ।
दृश्य ३
सोच्नुहोस्, तपाई जतिको प्रखर मन्त्रीको मन्त्रालयमा यस्तो विकृति ? सुनिन्छ, गुम्बा विकास समितिको अध्यक्ष हुनका लागि लाखौं मात्रै होइन करोडौं रुपैया दिनु पर्छ । मन्त्री ज्यू मैले सुनेको के सत्य हो ?