सिन्धुपाल्चोकमा २७ जनामा भेटियो कोरोना पोजेटिभ

.

  • मानकाजी पाख्रीन

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकमा मेलम्ची नगरपालिकामा २७ जनालाई कोरोना पोजेटिभ भेटिएको छ । मेलम्ची स्थित रिभर साइड होटल र जालपादेवी माध्यमिक बिद्यालय बाहुनेपाटीको क्वारेन्टाइनमा राखिएकाम २७ जनालाई कोभिड-१९ अर्थात् कोरोना भाईरस संक्रमण भएको पुस्टी भएको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले दिएको जानकारी अनुसार २७ जनाको पिसीआर हिजोको रिपोर्टमा पोजेटिभ देखिएको हो । संक्रमित हुनेहरु १८ देखि ४१ वर्ष उमेर समुहका रहेका छन् । उनीहरु सबै बाहिरी जिल्ला र बिदेशबाट आएका हुन ।

बाहिरी जिल्ला र बिदेशबाट आउनेहरुमा कुवेतबाट जेठ २९ गते आएका ९ महिला, जेठ १० गते दोलखाबाट आएका पाँच पुरुष र जेठ २८ गते भोजपुरबाट आएका चार पुरुष रहेका छन ।

कुवेतबाट आउनेहरुमा हेलम्बु, इन्द्रावती, पाँचपोखरी र मेलम्चीका रहेका छन भने दोलखाबाट आउने दुई जना पांच पोखरी थाङपल गाउँपलिकाका हुन। संक्रमित १८ जनालाई हाल क्षेत्रीय अस्पताल मेलम्चिमा राखिएका छन । उनिहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

यसअघि नै दोलखाबाट आएका पाँचपोखरी गाउँपालिका दुई, भारतबाट आएका इन्द्रावती गाउँपालिकाका २ र बाह्रबिसे नगरपालिकाका एक जना सुत्केरी महिलामा कोरोना संक्रमण देखिएको थियो । जसमध्ये बाह्रबिसे नगरपालिकाका संक्रमित महिलाको मृत्यु भै सकेको छ । हाल सम्म जिल्ला भर एकजना निको भएर घर फर्केका छन् । बाँकी २२ जना संक्रमितहरुको उपचार भै रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार