
काठमाडौं । दोलखा जिल्ला डाडाखर्कमा वि.स. २०३६ साल मंसिर २७ गते जन्मिएका हुन, राजु लामा योञ्जन । सरकारले केही समयअघि मात्रै ६० जना प्रहरी निरीक्षकलाई प्रहरी नायब उपरीक्षक (डिएसपी)मा बढुवा गरेका छन् । यसमा तामाङ समुदायबाट योञ्जन मात्रै बढुवामा परेका हुन् ।
पदम बहादुर योञ्जन र आमा सञ्चमाया तामाङको उनी माइला छोरा हुन् । लामा सामान्य परिवारमा हुर्केका थिए । उनी प्रहरी सेवामा लागेको ८ वर्षभित्र प्रहरी निरीक्षक(इन्स्पेक्टर) बनेका थिए ।
यो सफलतालाई उनी आत्माविश्वास र स्वच्छ मेहनतको फल ठान्छन् । उनले मेलुङ गाउँपालिकामा पर्ने मेलुङ हाइस्कुलमा अध्ययन गरेका थिए । उनी कक्षा १ देखि १० सम्म नै प्रथम भएर एसलसीमा फस्ट डिभिजनमा पास भएका थिए । उनी लगनसिल मात्रै थिएन, अनुशासित र इमान्दार पनि उत्तिकै थिए ।
बुबाले प्रहरी फौजको कुरा सुनाउँदा उनि खुब चाख लागेर सुन्ने गथ्र्ये । प्रहरी सेवामा लाग्ने यो नै उनको पहिलो प्रेरणा थियो ।
काठमाडौ प्रवेश
२०५२ सालमा एसएलसी दिएर फस्ट डिभिजनमा पास भएपछि काठमाडौं आएका थिए । यसपछि उनी सरस्वती क्याम्पसमा भर्ना भएका थिए । उनले यहीबाट बिबिए सकाएका थिए । उनले (एमपीए) जनप्रशासनमा स्नाकोत्तर पनि गरें ।
उनले अध्ययनसँगै विभिन्न कामको अनुभव गरे । उनले सिद्धार्थ होटलमा रोजगारको अनुभव मात्र गरेनन् । योञ्जनले काठमाडौंमा यस्ता थुप्रै अनुभव बटुलेका थिए ।
प्रहरी सेवामा प्रवेश
नेपाल प्रहरीमा २०६० पौष २१ गते प्रहरी सहायक निरक्षकबाट प्रवेश गरेका थिए । यसपछि २०६७ भदौ २४ गते इन्स्पेक्टरमा नाम निकालन सफल भएका थिए ।
उनले १६ महिनाको त्रिभुवन विश्व विद्यालयबाट सम्बन्ध प्राप्त पीजिडिपिएस १५५ औं प्रअनिको तालिम गरेका थिए । राज्यको काँध थाप्ने योद्धाहरु मध्ये आफूलाई एक सम्झने लामाले विगतमा आफुलाई सामान्य सिपाई ठान्थ्ये अब जिम्मेवारि थपिएको छ ।
त्रिभुवन विश्व विद्यालयबाट सम्बन्ध प्राप्त पीजिडिपिएस १५५ औं प्रअनि आधारभूत तालिममा ८८ जना थियो । यसमा उनी मात्रै तामाङ थिए । एउटा रमाइलो तथा निकै गज्जबको प्रसंग छ । जब तालिम सकिएर शपथ लिने दिन थियो । त्यो दिन उनले बौद्धधर्मको त्रिपिटकलाई छोएर प्रण गरेका थिए । त्यो लामाको लागि प्रहरी सेवाको छुटै मन छुने क्षण थियो र ऐतिहासिक प्रतिविम्ब पनि ।
उनले सेवाकै क्रममा केही समयअघि कोटेश्वर क्षेत्र सम्हालेका थिए ।
‘जीवन संघर्ष हो’
जीवन संघर्ष हो । संघर्ष विना जीवन सफल हुन सक्दैन भन्ने उनको धारण्णा छ । यही धारणालाई उनी सदैव आत्मासाथ गर्छन ।