गणतन्त्र दिवसः चौतारा सागाचोकगढीका मेयर तामाङले गरे ‘सहित स्तम्भ’ उद्घाटन

.

सिन्धुपाल्चोक । चौतारा सागाचोकगढी नगरपालिकाले गणतन्त्र दिवसको अवसरमा विभिन्न विकास निर्माण र स्तम्भ अनावरण गरेको छ । नगरपालिकाको मेयर अमानसिं तामाङ पाख्रिनले औपचारिक कार्यक्रमका साथ उक्त स्तम्भ अनवारण गरेका हुन् ।

मेयर तामाङले नगरको वडा ५ मा नवनिर्मित सहिद स्तम्भ अनावरण गरेका छन् । यस्तै, सोही वडाको महाकाली नारायणस्थानमा बाल उद्यानको शिलान्यास, स्वर्गीय बद्रीचरण कक्षपती स्मृति स्तम्भ अनावरण गरेका हुन् ।

यस्तै, हिजो चौतारा सागाचोकगढी वडा नं १३ मा कृषि सामग्री उत्पादन उद्योगको शिलान्यास गरेको नगरपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार