
कमला पाख्रिन
सिन्धुपाल्चोक । फेसबुकमा लिंक आएपछि समाचार पढ्नैप¥यो सरसर्ती पढे । ‘१४ दिनपछि हिउ“बाट उद्धार गरिए मजदुर ‘नेकपा नेताको पहलमा उद्धार गरिए मजदुर ’ जस्ता विभिन्न शिर्षकमा अनलाइन र केही दैनिक पत्रिकामा समेत समाचार छापिएका देखिए ।
विश्वभर कोरोना भाइरस (कोभिड १९) संक्रमणको त्रासमा लकडाउन अवधीमा हिउ“मा अलपत्र परेपछि उद्धार गरिएका बलेफी गाउ“पालिका वडा ४ ,डा“डागाउ“का सुरज लामाबारे संञ्चारमाध्यमका समाचार पढे । त्यसबारे नचाहा“दा नाचाह“दैपनि सोचमग्न बन्न पुगे । किनकी त्यसको एक साक्षी र पुरा प्रमाण म पनि थिए ।
ती सबै समाचार पढेर एकाएक म मानसिक रुपमा बिथोलिए । के एकैपटक हेलिकप्टरबाट झ्वाट्टै उद्धार भएको हो सुरजको ? हामी मन्दिरमा सजिएको मन्दिरलाई मात्रै देख्छौ , कोहीले मुर्तीलाई मात्रै देख्छन्, त्यसको आधारशिलालाई हेर्नै सक्दैनन् । यो उद्धारको कहानीमा यस्तै भयो, त्यह“ा नदेखिएका नायकहरु कतै बिलाए ,हराए , उनीहरु देखिन पनि चाहेनन् । सा“च्चै भन्नुपर्दा नायकको चाहाना भनेको यस्तै रहस्यमयी हुन्छ, बाहिर देखिन चाहा“दैनन् ।
झर्किलो फोन
म स्थलगत रिपोर्टिङमा व्यस्त थिए । वैशाख १० गते माता औसी भएकाले आमाको माइतीघर जाने इच्छाअनुसार म पनि जितपुर मामाघर पुगे । मामाघरमा खाजा खादै थिए । अचानक अपरिचित नम्बर ९८४३१७६०४० बाट चार पटक झर्किलो तरिकाले मोबाइल फोन बज्यो । धेरै मिस कल आएपछि तत्कालै फर्काए । उनी छिमेकी नातेदार थिइन् ।
उनले ‘कमला जी हो ’भन्दै अचम्मको कुरा सुनाइन्,‘तपाईलाई पुष्पाको श्रीमान चार दिनदेखि हराएको थाहा छ ?’ म अलमल्लमा पर्दैै भने,‘कसको को हो तपाई ?’ उनले मलाई जितपुरको किर्तेमान तामाङको जेठी छोरी आशा तामाङ बताइन् । उनको बुबाको नाम भनेपछि मैले चिने ।
‘बहिनी ज्वाइ रसुवाको गोसाइगुण्ड क्षेत्रबाट घर आउदा त्यस क्षेत्रमा हराइरहेको भएकाले बहिनी सुत्केरी हुनेबेला भएकाले खोज्नुप¥यो ’भनेपछि मैले नर्कार्ने कुरा थिएन् । त्यताको भुगोलको विषयमा जानकार हेलम्बु गाउ“पालिकाका प्रमुख निमाग्याल्जेन शेर्पालाई फोन घुमाएर गुहारे । उह“ाले मलाई गोसा“इकुण्डसम्म खोज्न स्थानीय पठाउने प्रतिबद्धता दिनुभयो ।
त्यसपछि रसुवाका कान्तिपुर संवाददाता बलराम घिमिरेस“ग फोनमा सुरज तामाङबारे बुझ्न आग्रह गरे । जिल्ला प्रशासन कार्यालय रसुवाले खोजतलास सुरु गरेको उह“ाले फोन मार्फत जानकारी दिनुभएपछि केही आशा बढ्यो । आशाले बहिनी पुस्पालाई कल गर्न ९८६३५४३७३५ को नम्बर पठाइन् । सोही नम्बरमा फोन गर्दा ‘पुष्पाले बहिनी मेरो बुढा हरायो खोन्न मदत गर्नुपं¥यो ’भनेर गुहारिन् ।
‘मलाई भन्दा पनि प्रहरी र गाउप“ालिकामा आग्रह गर्नुस ,मैले बुझेर गर्न सक्ने सबै सहयोग गर्नेछु भनेर भनेपछि उनी केही ढुक्क भइन् ।
‘पालिकामा अस्तिनै भनेको, चिठ्ठी पनि दिएको छ, ’ उनको जवाफ थियो । घरको आर्थिक अवस्था कमजोर , सात बर्षको छोरा र आफु पनिसुत्केरी हुनलागेको अवस्थामा श्रीमान बेपत्ता भएकाले उनी सुनाउदै खुबै रोइन् । ‘मेरो श्रीमनालाई केही भइहालेभने मैले नराम्रो दुःख पाउछु,’ उनको निराशावादी कुरा सुन्दा मेरो कान गलिसकेको थियो ।
तत्कालै उनको फोन राखेर बलेफी गाउ“पालिका वडा ४ का अध्यक्ष कालिप्रसाद तामाङलाई उनको सम्पूर्ण शरिरिरक र आर्थिक अवस्थाबारे जानकारी गराए । अध्यक्ष तामाङले मस“ग फोनमा आफ्नो भान्जा परेको र उनको परिवारलाई राहत दिने बाचा समेत गरे ।
त्यसपछि प्रत्येक दिन हेलम्बु गाउ“पालिकाका अध्यक्ष शेर्पा र जिल्ला प्रहरी कार्यालय चौतारालाई घचघचाउन थाले । सुरज बैशाख ६ गते रसुवा नेपाल आर्मीले केही खाना ,सातु दिएर पठाएपछि त्यस क्षेत्रको स्थानीयले उनलाई मौसम र बाटो खराब भएको बताएको तर, नजानु भन्दा भन्दै सुरज त्यहा“बाट हिडेपछि त्यस क्षेत्रका स्थानीयले उनलाई नभेटेको कान्पिुर दैनिकका रिर्पाेटर बलराम घिमिरे जीले फोनमा मलाई बताए ।
‘तर प्रशासन र नेपालआर्मी खोज्न तल्लिन हुनुहुन्छ तपाई नआत्तिनुस ,’ उनले मलाई ढाडस दिएर भने । अघिल्लो दिन वडा अध्यक्ष तामाङ र सुरजका बाबु कदमबास हु“दै चौतारा प्रहरी कार्यालय जा“दै गरेको जानकारी पाए । त्यसपछि पनि सुरजको कुनै जानकारी नआएपछि १४ गते म आफै चौतारा आए र जिल्ला प्रहरी कार्यालय चौतारा पुगेर सुरजको वैशाख ६ र ७ गतेको कल डिटेल निकाल्यौ ।
जिल्ला प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्ले सरले धेरै सहयोग गर्नुभयो । उह“ास“गै धमाधम फोन घुमाउन थाल्यौ । धेरैको फोन सम्पर्क हुनै सकेन् । सोही नम्बरहरु लाग्न सक्ने अनुमानमा पटक पटक ती नम्बरहरुमा फोन प्रयास गरिरहै । मैले डायल गरेको ९८१३९६४४१९ मा फोन सम्पर्क हु“दा बलेफी गापा ४ का प्रदिप तामाङ बोले मन केही थामियो । उनलाई सोध्दा बैशाख ७ गते सुरजसग उनको दुई मिनेट १२ सेकेण्ड कुरा भएको बताए । सुरजले रसुवाबाट आफु गोसाइकुण्ड हुदै हिडेर घर आउदै गरेको जानकारी दिएका थिए । कल डिटेलमा भएको सबै नम्बरबाट प्रदिपलाई दिएर जानकारी लिनु भनेर भन्यौ ।
देवता शेर्पा र आशु
सबैस“ग घर जाने मात्रै कुरा फोनमा भएको जानकारी आयो । त्यसपछि हेलम्बु प्रमुख शेर्पालाई पुन फोन घुमाए,‘कलबाट केही कुरा आएन् उता खोज्न पठाएकोले के भने सर हजुर ?’
उहा“ले दुई जनाले बाटोमा भेटेको र जान्छु भनेर हिडेको सुचना दिनुभयो । रसुवा र हेलम्बुबाट मेरो प्रश्नको जवाफ एउटै आयो । मैले असफल भएको महसुस गरे ।
प्रहरी कार्यालयबाट निस्किदा माधब काफ्ले सरले ‘कमलाजी तपाई निराश नहुनुस मान्छेको ज्यान भेटिएको छैन रसुवा जिल्लासं“ग संमन्वय भइरहेको छ’ भनेर आश देखाउनु भो । सुरजलाई खोज्न प्रहरी .साथमा भएको कुरा सुनेर जिल्ला प्रहरी कार्यालयबाट म सिधै आफ्नो डेरातर्फ लागे । त्यसपछि सुरजको श्रीमतीलाई जिल्ला प्रहरी कार्यालय र हेलम्बु गापा प्रमुख ज्युको कुरा जस्ताकोतस्तै सुनाए ।
त्यतिबेलासम्म बलेफी गाउ“पालिकाले उनको श्रीमान खोज्न केही चासो नदेखाएको भन्दै मसग बिलौना पोखिन् । ‘आश त छैन् अब शव भएपनि खोज्नुप¥यो बहिनी , ’उनको निराश मिश्रित स्वर मेरो कानमा ठोक्कियो । मैले आहिले हिउले छेकेकाले केही देखिदैन् खोज्न जान सकिदैन्, दुई दिनपछि कसैलाई पठाइदिनुस र मपनि हेलम्बुको स्थानीय लिएर खोज्न जाउला भने ।
१६ गते पुष्पाको ३ भाईलाई चौतारामा भेटे । प्रशासनले पास नदिएको भन्दै निराश थिए उनीहरु डिएस्पी काफ्ले र एस्पी प्रज्ज्वल मर्हजनस“ग कुरा गर्दा हिउमा खोज्न जादा मान्छे हराउने भएकाले पास नदिएको कुरा आयो । त्यसको ठिक दुई घण्टापछि हेलम्बुका प्रमुख शेर्पाले सुरज लामालाई आफुले खोज्न पठाएको मान्छेले भेटिसकेको खबर दिनुभयो । हाम्रो खुशीको सीमा रहेन् ।
उद्धारको रडाको
त्यसपछि मैले सुरजकी श्रीमती पुष्पा र वडाध्यक्ष तामाङलाई फोन गरे । उनले फोनमार्फत मस“ग हेलम्बु र मलाई मुरीमुरी धन्यवाद दिए । त्यतिबेलासम्म नेकपाका नेता माधव सापकोटा सुबोध र गाउ“पालिकाले कुनै सहयोग गरेको सुनिन् ,उनी हामीलाई धन्यवाद मात्रै भनिरहेका थिए ।
अब समस्या थियो त्यहा“बाट सुरजको उद्धार कसरी गर्ने ? मान्छे भेटिएको कुरा सुनेपछि हर्षित पुष्पा श्रीमानलाई उद्धार गरेर घरमा ल्याउन हैसियत नभएको कुरा तितोसाथ पोखिरहेकी थिइन् । ‘खोज्न यतिको सहयोग गर्नुभयो , बहिनी उद्धारको लागि सहयोग पाउ,’ उनी फोनमा रोइन् ।
उनीहरुस“गको कुरापछि वडाध्यक्ष तामाङलाई फोन गरे उनले एम्बुलेन्स लाने कुरा पो गरे मैले अचम्म मान्दै भने,‘सवारी जाने ठाउ छैन्, हेलिकप्टर लानुपर्छ ’भन्दा उनले सोचेर कुरा गर्छु भन्दै फोन राखे । केही समयपछि हेलम्बुका प्रमुख शेर्पाले फोनबाट सोध्नुभो ,‘कुरा के भयो ?’
मैले वडा अध्यक्षस“ग बुझ्छु भनेर फोन गरेर के गर्ने र पालिकालाई भन्न आग्रह गरे । उनले बलेफी गाउ“पालिका प्रमुख केदार क्षेत्रीले फोन रिसिभ नगरेकाले आफ्नै पैशाले उद्धार गर्छु भनेर फोनमा भने । यही कुरा हेलम्बु प्रमुख शेर्पालाई फोनमा भने ।
‘मान्छे चाडो भन्दा चाडो उद्धार गर्नुपर्छ, चिसोले शरिरिरको रगत जमेको रहेछ भने फेला परेको मान्छे गुमाउन पर्छ ,’हेलम्बु प्रमुख शेर्पाले फोनमा मस“ग भन्नुभयो । उह“ाले भन्नुभएको कुराले म मौन भए । अब के गर्ने होला ? मैल फेरी उह“ास“ंग के गर्न सकिन्छ भनेर सल्लाह लिए । वडाले आफैले सहयोग गर्ने कुरा गरेको रहेछ वडालाई भनेर बलेफीले सहयोग अपिल गरेर हेलम्बुलाई पत्र लेखेमा हामी उद्धार गर्छौ भन्नुभएपछि म दंग भए ।
प्रमुख शेर्पाले खोज्न लगाएका होटलवाला ९८६०६८६५३१ ,९८०३११३६७१ को नम्बर लिएर ‘बिरामीस“ग कुरा गर्दा हस्पिटल जान पाए चा“डै बाच्“ने थिए ’भनेपछि म हतारिए । होटेलवालाले मौसम राम्रो छैन् भनेपछि लिन आउछौ भने । तर त्यतिबेलासम्म केमा कसरी लिन जाने टुंगो भएकै थिएन् । हेलम्बु र वडास“ग मेरो निरन्तर कुरा भइरहेको थियो ।
त्यसपछि एकाएक नेकपा नेता सुबोध सापकोटा र गोविन्द पाठकस“ग कुरा गरेको जानकारी वडाले दिएको भन्दै सुरजको उद्धारको विषयमा राजधानी,समाचारपत्रलगायत र अन्य अनलाइनमा समाचार देखे । एक हप्ताअघि बलेफी गाउ“पालिकामा पीडित पक्षले दिएको निवेदन केही सम्बोधन भएन् । सोही दिन वडा अध्यक्ष तामाङ ज्युले बेलुका मलाई फोन गर्नुभयो ।
नेकपाका नेता सुवोध सपकोटा भोलिपल्ट दिउसो १ बजे हेलिकप्टरमा उद्धारका लागि जाने जानकारी दिनुभो । सुरजको उद्धारको कुरासुनेर म निकै खुशी भए । श्रीमती पुस्पालाई फोनबाट भने फेशबुक मार्फत उनको ससुरालीका बहिनी मञ्जुलाई पनि खबर गरे । तर प्रतिकुल मौसमका कारण लिन जान नपाएको जानकारी वडा अध्यक्ष तामाङले मलाई दिए । मेरो प्रश्न थियो ,‘कहिले जानुहुन्छ त ?’ भोलि बिहान ७ बजे जाने सुवोध जि हरु जानुहुन्छ , म एम्बुलेन्स लिएर काठमाण्डौ जा“दै छु ,’उहाले फोनमा भन्नुभो ।
बिरामीको पिर
भोलि पल्ट बिहान ६ बजे नय“ा नम्बरको फोन घण्टीले वि“उझे । फोन होटलवालाको थियो उनले विरामी आज नउठेको बताए । ‘ लामो समयपछिको निन्द्रा सायद गहिरो निन्द्रमा पर्नुभयो होला , खै ? तपाई गएर उठाइदिनुस न भने , ’मैले भने । केही समयपछि होटलवालाले ‘बाबु उठ्नु भो कतिबेला आइपुग्नु हुन्छ’ भने ।
‘आउदै हुनुहुन्छ’होला । सुबोध दाईहरु नआइपुगुन्जेल विरामीलाई राख्नुहै भनेर मैले फेरी सुरजको ९८२३३२९००१ मा फोन घुमाए । काठमाण्डौबाट लिन आएको जानकारी दिए उनी खुशी हु“दै भने ‘चा“डै आउनुस भन्नु है । ’ आगो तापेर बस्नु त्यतिन्जेल भन्दा आगोमा झन चिसो हुने उनको कथन थियो । उसोभए ओछ्यानमै बस्नुहोला केही समय त्यसपश्चात सुरजसं“ग मेरो कुराकानी भएको छैन् । अन्तिममा नेकपा नेताबाट हेलिकप्टरबाट बिरामी ल्याउनुभयो त्यो महत्वपूर्ण कुरा थियो ।
त्यसमा गाउ“पालिका प्रमुख केदार क्षेत्रीमा समेल भएको तीनै समाचारहरुबाट थाहा पाए । उह“ाहरुले गर्नुभएको महान कार्यप्रति कृतज्ञ छु ,हाम्रो अभियान सफल भएको छ । आगामी दिनमा पनि यस्ता महान कार्यको अपेक्षा गर्दछु ।
तर यसबीचका आधारस्तम्भ कतै हराए । हेलम्बु गाउ“पालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पा ,दुप्चेश्वर गाउ“पालिका वडा ४ का अध्यक्ष,ठाडेपाटी,गोसाईकुण्ड सम्म तीन दिन खोज्न हिडेका स्थानीय,दुई दिन अचेत अवस्थाका विरामीको स्याहार गर्ने होटलवाला र रसुवाका कान्तिपुरकर्मी कतै बिलाए । उनीहरुको योगदान पनि कदरयोग्य थियो । उहा“हरु सबैलाई नमन् छ । विरामी सुरजको स्वास्थ्य लाभको कामना ।