काठमाडौं । पछिल्लो समय कति बेला घाम लाग्छ र कति बेला पानी पर्छ । यस विषयका नियामक निकाय जल तथा मौषम पूर्वानुमान महाशाको अनुमान समेत फेल भइरहेको छ ।
शुक्रबार पनि देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांग बताउँछन् । साथै यस्तो समय चट्याङ लाग्ने र हुने सम्भावना धेरै रहेको छ । उनका अनुसार चटयाङबाट बच्नका लागि यी उपाय अपनाउनु पर्ने हुन्छ ।
१. चट्याङ कहाँ कतिखेर पर्छ थाहा हुँदैन त्यही भएर गड्यागुडुङ भएका बेला घरभित्रै बस्नु सुरक्षित हुन्छ । यस्तै गाडीभित्र हुनुहुन्छ भने पनि बाहिर ननिस्किने।
२. घरबाहिर छौं भने अग्ला रूख, टावर, घर तथा बिजुलीको पोलनजिक नरहने, किनकि त्यसमा चट्याङ पर्ने सम्भावना हुन्छ। खुला ठाउँमा छौं भने घोप्टो परेर बस्नु सुरक्षित हुन्छ ।
३. गड्याङगुडुङ अर्थात् मेघगर्जन भइरहेका बेला टेलिभिजन, टेलिफोन तथा डेस्कटप कम्प्युटर नचलाउने। किनकि त्यसका तार बिजुलीका पोलमा जोडिएका छन, जसबाट चट्याङ आकर्षण हुन सक्छ।
४.तर मोबाइल तथा ल्यापटप चलाउन हुन्छ कि हुँदैन भन्ने विषयमा विज्ञका दुई खालका तर्क छन्। कसैले त्यसमा पनि धातु हुने भएकाले चट्याङ तानिन सक्छ भनेका छन् भने कसैले त्यसको तार कतै नजोडिने वेबमार्फत चल्ने भएकाले हुन्छ भनेका छन्।
५. घरमै पनि चट्याङ परेर दुर्घटना हुने गरेका छन्। तर पनि तुलनात्मक रूपमा बाहिर भन्दा घरभित्रै बस्नु सुरक्षित हुन्छ। घरमै चट्याङ पर्नाका कारणचाहिँ अर्थिङ (विद्युतीय साधन भूमिगत) गरिएको घर अलि सुरक्षित हुने र नगरिएको घर जोखिममा हुने देखिन्छ।