
काठमाडौं । बौद्ध तामाङ कल्याण गुठीले विपन्न तथा मजदुरको परीवारलाई राहत वितरण गरेको छ । शनिबार १७६ जनाको परीवारलाई खाद्यन्न लगाएतको राहत विरण गरिएको हो ।
बागमती प्रदेश सभा सदस्य छिरिङ दोर्जे लामा, कामपा ६ का वडा अध्यक्ष दिपेन्द्र लामा, गुठीका अध्यक्ष खडग जीत लामा, गुठीकै उपाध्यक्ष भुवन लामा लगाएतले सयुक्त रुपमा राहत वितरण गरेका हुन् । विपन्न परीवारलाई चामल १० केजी, दाल दुई केजी, तेल एक लिटर, नुन एक प्याकेटका दरले खाद्यन्न वितरण गरिएको हो ।