बागमती प्रदेश प्रमुख सम्हाल्दै डीआईजी बसन्त लामा

.

याम्बु । सोमबार पदोन्नती भएका प्रहरी नायव महानिरीक्षक (डीआईजी) बसन्त कुमार लामालाई बागमती प्रदेशका प्रमुखको रुपमा खटाएका छन् । सरकारले उनलाई सोमबारदेखि बागमती प्रदेशको जिम्मेवारी थमाएको हुन् ।

यस्तै, गृह मन्त्रालय स्रोतका अनुसार प्रदेश नम्बर १ मा डीआईजी ईश्वरबाबु कार्कीलाई पठाउने भएको छ।

प्रदेश नम्बर २ मा धिरजप्रताप सिंह, गण्डकी प्रदेशमा प्रकाशजंग कार्की, प्रदेश नम्बर ५ मा रबिन्द्र बहादुर धानुक, कर्णाली प्रदेशमा बसन्त पन्त र सुदुरपश्चिम प्रदेशमा उत्तमराज सुवेदीलाई पठाउने भएको हो। यस्तै सीआईबीमा सहकुलबहादुर थापालाई पठाउने गृह स्रोतले जानकारी दिएको छ।

निरज शाही, प्रद्युम्न कार्की र सोमबार नै बढुवा भएका अरुणकुमार बीसी तथा धनश्याम अर्याललाई अख्तियार, विशेष व्यूरो, तालिम केन्द्र र प्रधान कार्यालयको जिम्मेवारी दिने तयारी छ। सिफारिस भएको १० दिनपछि नवनियुक्त १० डीआईजीलाई सोमबार दज्र्यानी चिह्न प्रदान गरिएको छ । प्रहरी प्रधान कार्यालयमा सोमबार प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीले नवनियुक्त डीआईजीहरुलाई दज्र्यानी चिह्न प्रदान गरेका हुन्।

गत चैत २८ गते बढुवा समितिले १० एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गरेको थियो।

यो पनि पढ्नुहोस् ।

एसएसपी बसन्त कुमार लामालाई डीआईजी बढुवाका लागि सिफारिस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार