सिर्जना पाख्रिन
याम्बु । बौद्धनाथ क्षेत्र विकास समितिले आफ्नो परीसरभित्र किटनाशक औषधी छर्किएको छ । कोरोना भाइसबाट सुरक्षित रहनका लागि क्षेत्र विकासले बौद्ध आसपासमा किटनाशक औषधी छर्किएको हो ।
बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान लामा, समितिका कार्यकारी निर्देशक बसन्त लामा लगाएतको उपस्थितिमा उक्त आइतबार औषधि छर्किएको हो ।
बिश्व सम्पदा सुचिमा सुचित बौद्ध स्तुपा परिसरदेखि टुसाल,बौद्ध पिपल बोट, बौद्ध बजार, ऐतिहासिक ढुङ्गे धारा हुदै बिभिन्न स्थानमा किटनाशक औषधी छर्किएको थियो ।