याम्बु । रामहिटी क्षेत्रमा (राम नगर) दैनिक ज्याला मजदुर गरेर जीविका चलाउने सर्वसाधरणलाई राहत वितरण गरिएको । गोकर्णेश्वर नगरपालिकाका प्रमुख तथा नेपाली कांग्रेस क्षेत्र ३ का सभापति सन्तोष चालिसेको सहयोगमा राहत वितण गरिएको हो ।
शनिबार कामपा ६ इकाई समितिका सभापत्ति भुवन लामाको नेतृत्वमा भएको राहत वितरणमा रामहिटीका संयोजक उर्गसन ढुंगाना, नेपाली कांग्रेस तरुणदल महासमिति सदस्य श्रीराम चालिसे, कांग्रेसका युवा नेता नवीन बज्र लामा, कामपा विद्यार्थी संघका अध्यक्ष रितेश लामाको उपस्थितिमा राहत वितरण गरिएको हो ।
कोरोना भाइरसका कारण दैनिक ज्याला मजदुरी गरेर जीवकोपार्जन गर्नेलाई लकडाउनका कारण समस्या भएकोभन्दै दाल, चामल, नुन तेल वितरण गरिएको कांग्रेस युवा नेता नवीन लामाले जानकारी दिए ।