
याम्बु । तामाङ समुदायले भव्य रुपमा मनाईने तेमाल जात्रा स्थगित भएको छ । विश्वव्यापि रुपमा फैलिएको कोरोनो भाइरसको कारण चैत्र २५ गते पर्ने तेमाल जात्रा सरोकारवाला संघ संस्थाको छलफलले स्थगित गरिएको हो ।
सरकारले कोरोना भाइरस फैलन नदिनका लागि गरिएको लकडाउनको पालना र यस विषयमा संवेदनशिल हुनु पर्ने भन्दै बौद्धनाथ क्षेत्र विकास, बौद्ध तामाङ कल्याण गुठी, बौद्ध घ्याङ गुठि, स्थानीय तह र बौद्ध प्रहरी वृत्तको संयुक्त छलफलले तेमाल जात्रा स्थगन गरिएको हो ।
छलफलमा बागमती प्रदेशका सभाषद छिरिङ दोर्जे लामा, बौद्ध पहरी वृतका प्रहरी नायब उपरीक्षक नवीन कार्की, बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष चन्दमान लामा, बौद्ध तामाङ कल्याण गुठीका अध्यक्ष खडग जीत लामा, बौद्ध घ्याङ गुठिका प्रबन्ध निर्देशक नवीन बज्र लामा सहभागी रहेका थिए ।
तेमाल जात्राको दिन विधिवत पूजा मात्रै गरिने उक्त छलफलले निर्णय गरिएको छ । साथै, आफ्नो पृतिको सम्झनामा ङोवा गर्न चाहानाले बौद्धनाथ क्षेत्र विकास समितिको ०१४४८९२५७, बौद्ध तामाङ कल्याण गुठी ९८४११९५०१४ र बौद्ध घ्याङ गुठी ९८१८२८९४६५ सम्पर्क गरी नाम र ठेगाना टिपाउनु पर्ने क्षेत्र विकास समितिले जनाएको छ ।