
लोपेन निमा होईशेर
विश्वमा प्रसिद्ध बौद्ध गुम्बामध्ये भारतको मैशुर कर्नाटकमा रहेको नाम्डोलिम मनस्ट्रि पनि एक हो । जहाँ विभिन्न देशका बुद्धिष्ट विद्यार्थीहरु उच्च शिक्षा हाँसिल गर्न पुग्ने गरेका छन् ।
यो एक बौद्ध धर्मका लागि पर्यटकीय गन्तव्य पनि हो । यस गुम्बामा दैनिक २० हजारको संख्यामा पर्यटकहरु आउने गरेका छन् । यस गुम्बामा आधारभूतदेखि उच्च शिक्षा खेम्पो(पिएचडि) सम्म अध्ययन हुने गरेको छ ।
यो गुम्बा महामहिम गुरु पेनोर रिम्पोछे ज्यूले स्थापना गर्नु भएको हो । नाम्डोलिङ विश्वका बुद्धिष्टहरु नपुगि नहुने धार्मिक गन्तव्य हो । यहाँ गुरु रेम्पोछेको दरबार समेत हेर्न सकिनेछ ।