कोरोना भाइरसका कारण कुवेतमा कर्फ्यु, ७० हजार नेपाली समस्यामा

.

काठमाडौं । विश्वका १ सय ८८ देश तथा भूभागमा महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि कुवेतमा कर्फ्यु आदेश जारी भएको छ।

कुवेतमा हालसम्म १ सय ७६ जनामा भाइरसको संक्रमण पुष्टि भएको छ भने पछिल्लो २४ घण्टामा १७ जना नयाँ संक्रमित भेटिएका छन्।

स्थानीय समयअनुसार कर्फ्यु समय बेलुकी ५ बजेदेखि बिहान ४ बजेसम्म हुने कुवेत सरकारले जानकारी दिएको छ। कुवेतमा ७० हजार नेपाली छन्। कर्फ्यु उलंघन गर्नेलाई ३ वर्ष कैद र १० हजार कुवेती दिनार ९साढे ३८ लाख रुपैयाँ० जरिवाना गरिने कुवेत सरकारले चेतावनी दिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार