देशु गोले फाउण्डेशनद्धारा कमल बचाउ अभियानलाई २५ हजार सहयोग

.

काठमाडौं । देशु गोले फाउण्डेशन नेपालले कमल थिङ तामाङ बचाउ अभियानलाई २५ हजार रुपैँया आर्थिक सहयोग गरेको छ । बौद्धस्थित छिमेकी क्याफेमा कमल तामाङको श्रीमति चिनीमाया तामाङलाई उक्त रकम हस्तान्तरण गरिएको हो ।

‘कोन्ज्योसोम कमललाई नेपाल फर्काई देउ’: चिनीमाया वाईबा

तामाङ समाज नेपालका अध्यक्ष रोशन दोङ, नेपाल तामाङ बोम्बो संरक्षण समाजका अध्यक्ष महाराज भोम्जन, महासचिव विष्णु ब्लोन र ताम्सालिङ युट्युब टेलिभिजनकी रजनी घिसिङले संयुक्त रुपमा रकम हस्तान्तरण गरिएको फाउण्डेशनले जनाएको छ । फाउण्डेशनले विगतमा पनि विभिन्न सामाजिक क्षेत्रमा सामाजिक सेवा गर्दै आइरहेको छ ।

सिन्धुलीका कमललाई कतारमा साथीको हत्या आरोपमा मृत्यु दण्डको सजाय सुनाएको थियो । तर, ब्लड मनि जम्मा गर्न सके कमलले उक्त दण्ड भोग्नु नपर्ने व्यवस्था अनुसार विभिन्न क्षेत्रबाट उनको जीवन रक्षाको लागि आर्थीक सहयोग चलिरहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार