भीएफवाईद्धारा हिमालयन मोतियाबिन्दु परियोजनालाई ७, ११२ डलर सहयोग

.

काठमाडौं । युवाका लागि आवाज (भिएफवाई) ले हिमालयन मोतियाबिन्दु परियोजनालाई ७ हजार ११२ अमेरिकन डलर आर्थिक सहयोग गरेको छ । न्युर्योकमा एक कार्यक्रमकाबीच उक्त रकम वितरण गरिएको हो ।

भीएफवाईले विगत दुई वर्षदेखि अमेरिकामा अध्ययनरत तथा कामको सिलसिलामा रहेका युवा लक्षित कार्यक्रमहरु गर्दै आएका छन् । यस संस्थाले विशेष युवाहरुलाई अध्ययनमा प्रोत्साहन गर्दै करिअर निर्माणमा सहयोग पु¥याउने लक्ष्य लिएको छ ।

भीएफवाईले गर्ने विभिन्न कार्यक्रममध्ये ‘मोटिभेसनल स्पिच’ सफल मानिएका छ । उक्त कार्यक्रमको तेस्रो श्रृखंला भर्खरै सम्पन्न भएको छ । पछिल्लो श्रृंखलामा आँखा विशेषज्ञ चिकित्सक सन्दुक रुईतले न्युयोर्कमा आफ्नो प्रस्तुती राखेका थिए । चिकित्सक रुईतले आफ्नो जीवन भोगाइका अनुभवको साथै मनन योग्य भनाईहरु समेत राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार