
नागोया । नेपाल आदिवासी जनजाति महासंघ जापान (नेफिन) तोकाई क्षेत्रीय समिति नागोयाको दोस्रो अधिवेशन भएको छ । आइतबार भएको अधिवेशनबाट सबिन राईको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति चयन भएका छन् ।
नेपाल आदिवासी जनजाति महासंघ प्रवास शाखा जापानका अध्यक्ष सुमन लिम्बुले अधिवेशनको उद्घाटन गरेका थिए । कार्यसमितिको उपाध्यक्षमा संजय तामाङ ‘मेन्दोला’, प्रकाश पुन र पदम गुरुङ चयन भएका छन् ।
सचिवमा भिष्म लावती, कोषाध्यक्षमा रिना तामाङ, सहकोषाध्यक्षमा अमर गुरुङ रहेका छन् । यसैगरी प्रवक्तामा राम तामाङ, सदस्यहरुमा बुमान राई, रबिन राई, यानी राई, छबि लामा, जनक थोकर, पुश्ना तामाङ र सम्झना लिम्बु रहेका छन् ।