काठमाडौं । तामाङ भाषाको चलचित्र ‘ख्लासी आनिउ’ आगामी शनिबार प्रदर्शन हुने भएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै निर्देशक अरुण घिसिङले फागुन १७ गते राष्ट्रिय नाँचघरमा प्रदर्शन हुने बताएको हो ।
राजधानिमा आयोजित पत्रकार सम्मेलनमा चलचित्रको पहिलो गीत ‘डिहिरी छार्वा’ समेत सार्वजनिक गरिएको छ ।
कार्यक्रममा चलचित्रका नायक तथा लेखक ऋतुराज पाख्रिनले गाउँका सामान्य जीवनलाई चलचित्रमा उतारिएको बताए । उनका अनुसार उक्त चलचि सिन्धुलीको बजार, खुर्कोट, सिन्धुली गढी, शैलुङ लगाएतको क्षेत्रमा छायाँकन गरिएको छ ।
फिल्ममा एला साथ, डिहिरी छार्वा र बेसाहारा गोङमा जस्ता तीन वटा गीत समावेश गरिएको छ । उक्त चलचित्रमा ऋतुराज पाख्रिन, ईन्दिरा वाईबा, सुष्मा मोत्तान, निश्चल योञ्जन, राज पाख्रिन, प्रकाश वाईबा, कुइसाइ रुम्बा, बाबुराम ग्याबा लगाएतले अभिनय गरेका छन् ।