काठमाडौं । विश्वका विभिन्न देशमा रहेका तामाङहरुलाई एउटै सञ्जालमा जोड्ने उदेश्यका साथ प्रविधिमैत्री ‘तामाङ टाडावेस’ तामाङ समुदायमाझ लोकप्रिय छ । आफुले गरेका प्रगती, सफलतासँगै विविध गतिविधि तामाङ डाटावेसममा पोष्ट हुने गरेका छन् । डाटावेसलाई आ आफ्नै ढंगले बुझेका छन् । यद्यपि आम तामाङहरुलाई डाटावेसले एक ठाउँमा जोडिएको छ ।
डाटावेसमा फरक फरक सामाग्रीहरु पोष्ट भएको देख्छौं । र तर्क र वितर्कहरु हुने गरेका छन् । यी विषयलाई डाटावेसले थप नियमन गर्ने उदेश्यका साथ केही नियमहरु सार्वजनिक गरेका छन् । डाटावेसका सञ्चालक सञ्जय लामा तामाङ लेख्छन्ः
सुचना-डाटाबेसलाई थप ब्यवस्थित गर्ने प्रयासमा सहयोग गरिदिनु होला।
पोस्ट हाल्नु हुदाँ topic छनौट गरिदिनु होला।
करिब २ लाख बिभिन्न उमेर,बुझाई,अनुभव र उद्देश्यका सदस्यहरु रहनु भएको र सन्दर्भमा सबैको लागि उतिकै राम्रा लाग्ने पोस्टहरु प्रकाशित गर्नु पक्कै पनि चुनैतीपुर्ण काम हो र शायद सबैको लागि सबै पोस्ट राम्रो लाग्ने भन्ने कुरा ब्यवहारिक पनि नहुन सक्छ।
सबैलाई ध्यान राखेर बिबिध किसिमको पोस्ट प्रकाशित गर्दा कोहिलाई “अनावश्यक कुरा प्रकाशित भए” भन्ने बुझाई र एकदम सिमित मात्र पोस्ट गर्दा
हाम्रो पोस्ट चाँहि प्रकाशित नै हुदैन” भन्ने आरोपलाई मिलाएर सुन्तलनमा गुणस्तर कायम राख्न पनि पक्कै सजिलो काम होईन।यसमा हाम्रा सबै स्वयमसेबी मोडरेटर-एडमिन लागि रहनु नै भएको छ।पोस्ट प्रकाशित गर्दा हामी सवै किसिमको सदस्यहरुको बारेमा सोच्छौ।
फेसबुक भित्र भएकोले हामीले चाहेकै केहि सुबिधाहरु समेत उपलब्ध छैनन र सबैले पोस्ट गरेका कुरा अगाडि पेजमा देखिने र फोटोहरुमा बढी लाईक कमेन्ट आउने र ति नै मात्र अगाडि देखिने (बिचारका पोस्टहरु चाँहि तल धकेलि हाल्ने) कुराले पनि केहि गलतफहमी रहने गरेको छ।
त्यहि सन्दर्भमा खुसीका कुरा फेसबुकले प्रकाशित गर्नु पुर्ब कुन बिधाको हो भन्ने छुट्टाउन मिल्ने सुबिधा ल्याएको छ।यसलाई प्रयोग गर्नु भएर सहि सदस्यलाई सहि पोस्ट देख्ने कुरामा सहयोग गरिदिनु हुन अनुरोध गर्दछौ।
१)पोस्ट गर्नु हुदा topic मा तपाईले पोस्ट गर्नु लाग्नु भएको कुरा सबै भन्दा कुन सँग मिल्छ त्यो topic छनौट गरिदिनु होला।
२)यदि सिधै देखिने पोस्टहरु तपाईलाई अनावश्यक लागेमा, दायाँ(right side) मा रहेको topic छान्नु भयो भने ति कुरासँग सम्बन्धित कुरा मात्र हेर्न सक्नु हुन्छ। आफुलाई जे मन पर्छ त्यहि मात्र हेर्न सक्नु हुन्छ
३) क्रमिक रुपमा गलत topic वा topic बिना हालिने पोस्टहरुलाई हामी प्रकाशित गर्ने छैनौ।
४)यदि तपाईलाई कुनै topic नभएको लागेमा others मा हाल्नु होला वा हामीलाई topic सुझाव दिनु होला,हामी उचित रहे थप्ने छौ।
यस ग्रुपलाई कस्तो बनाउने हामीमा नै भर पर्छ।हामी क्रमिक रुपमा प्रतिक्रया लिदै कम्रिकरुपमा राम्रो बनाउने प्रयास गर्दै जानेछौ।बनेको मन्च र भएको मन्चको सदुपयोग गरौ।पोस्ट प्रकाशित गर्दा हामीले ग्रुपमा रहेको बिबिधता र सबैको बारेमा सोच्नु पर्ने हुन्छ। धन्यबाद