दोलखाको साहसिक पर्यटनका लागि सोक्ला रक क्लाईम्विङ

.

चरिकोट । सोक्ला भ्यालीमा रक क्लाईम्विङ च्याम्पिय २०८० सम्पन्न भएको छ । सोक्लाश्वरी पर्यटन विकास समाज(एसटिडिएस) ले चैत्र ९ र १० गते आयोजना गरिएको सोक्ला रक क्लाईम्विङ भव्यताको साथ सम्पन्न भएको हो ।

भीमेश्वर नगरपालिकाको आर्थिक सहयोग र माउन्टेन गाइड एसोसिएन अफ नेपाल(मोगान)को प्राविधिक सहयोगमा रक क्लाईम्विङ भएको हो ।
दोलखाको साहसिक पर्यटन प्रवद्र्धनका लागि एसटिडिएसले विगतदेखि नै सोक्ला रक क्लाईम्विङ सम्बन्धि गतिवधि गर्दै आइरहेको छ ।

मोगानका अध्यक्ष सञ्जीव गुरुङ र सगरमाथा आरोही लाल बहादुर जिरेलले रक क्लाईम्वरहरुलाई प्राविधिक सहयोग गरेका थिए ।
जिल्लाका विद्यार्थी, युवा पुस्ता, स्काउट, त्रिपुरा स्काउट ट्रप्सको टिमले रक क्लाईम्विङमा सहभागी जनाएको थियो ।

त्रिपुरा स्काउट ट्रप्सका सिर्जना श्रेष्ठले सबैभन्दा कम समयमा रक क्लाईम्विङ गरेर प्रथम भएको आयोजकले जनाएको छ ।
प्रथम भएकी श्रेष्ठले भनिन,‘मेरो लागि यो साहसिक गेम हो । रक क्लाइम्विङले मेरो आत्माविश्वास बढाएको छ। आशा छ भोलिको दिनमा दोलखाको साहसिक पर्यटन खेलमा जोड दिने छु ।’

दुई दिन भएको रक क्लाईम्विङमा ५० जनाले आरोहण गरेको कार्यक्रम संयोजक अर्जुन तामाङले जानकारी दिए ।
एसटिडिएसले गत जेठमा पनि सोक्ला रक क्लाइम्विङ महोत्सव आयोजना गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार