दोलखा । नेपाल तामाङ कलाकार संघले ‘द भ्वाइस अफ नेपाल’को ५औं संस्करणमा मकर बहादुर योञ्जनलाई जिताउने उद्घोष गरेको छ । संघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर मकरलाई भोट माग्दै जिताउने उद्घोष गरेकोे हो ।
संघका अध्यक्ष विशाल काल्तानले विगत रियालिटि सोहरुको इतिहासलाई साक्षी राख्दै यो सिजनमा पनि मकर योञ्जनको जीत सुनिश्चित रहेकाले विश्वभर छरिका तामाङले अनलाइनबाट भोट गर्न आग्रह गरेका थिए ।
संघका महासचिव खेम मोक्तानले मकर योञ्जन कला, गला र संगीतको पारगंत भएकाले यति बेला हातेमालो सहित द भ्वाइस अफ नेपालको ट्रफि उचालेर ल्होछार मनाउन उत्साहित भएको बताए ।
कार्यक्रममा तामाङ सेलो सम्राट चन्द्र कुमार मोक्तानले मकर योञ्जनको भोटिङका लागि ६ हजार,तामाङ सोसाइटि अफ युकेका महासचिव मणि तामाङले १७ हजार सहयोग गरेका थिए ।
संघले मकर योञ्जन जिताउन प्रचार प्रसार तथा भोट माग्न पोष्टर समेत सार्वजनिक गरिएको छ ।