गायक बाबु राम मोक्तानको ‘ए ग्याम थारेङ’ सार्वजनिक

.

याम्बु । गायक तथा संगीतकार बाबु राम मोक्तानको तामाङ भाषामा रहेको ‘ए ग्याम थारेङ’ नयाँ गजल भिडियो सार्वजनिक भएको छ । एक औपचारिक कार्यक्रमका साथ गत हप्ता भक्तपुरमा सो भिडियो सार्वजनिक गरिएको हो ।

तीन दशकदेखि गीत संगीत क्षेत्रमा क्रियाशिल लामाको यो पछिल्लो गजल म्युजिक भिडियो हो ।

कुमार स्याङबाको शब्द, निमा दोङको संगीत, पवन वाङ लामाको म्युजिक संयोजन रहेको उक्त गजलमा बाबु राम मोक्तान आफैले स्वर दिएका छन् ।
भिडियोमा बाबु राम मोक्तान, अपेक्षा बोहरा र प्रविन्स मोक्तानले अभिनय गरेका छन् ।

पछिल्लो समय तामाङ संगीत क्षेत्रमा गजलले कलाकारहरुलाई लोभ्याइरहेको छ । यसैबीच मोक्तानले ए ग्याम थारेङ ल्याएका छन् । दर्शक र स्रोताको मनलाई भिडियोले आकर्षित गरिएको पाइन्छ ।

नयाँ पुस्ताको कथा, जीवन पद्धति, प्रेम, विवाह र वियोगका प्रतिविम्वलाई उक्त गजलमा प्रस्तुत गरिएको छ । कतिपय रहर, बाध्यता र समयले धकेलेको ती जीवनका घुम्तीहरुलाई ए ग्याम थारेङको कथामा सिलसिला दिइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार