चरिकोट । राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाले जिल्ला भेला गर्दै नविन राप्रपा अभियान सुरु गरेको छ ।
राप्रपाका वरिष्ठ उपाध्यक्ष, वागमति प्रदेश संयोजक पुर्व मन्त्री माननीय विक्रम पाण्डेले जिल्ला भेलालाई सम्बोधन गर्नु हुँदै नविन राप्रपा कार्ययोजनाको विषयमा प्रष्ट गर्नु भएको थियो ।
चरिकोटस्थित होटेल एम्व्रोसियामा भूगोल केन्द्रित नव परिकल्पना, नव परिचय, नव प्रस्तुतिका साथ नवीन राप्रपा कार्ययोजना २०८० लाई कार्यान्वयन गर्न उपाध्यक्ष पाण्डे चरिकोट आउनु भएको थियो ।
कार्यक्रममा केन्द्रीय सदस्य सोभित उप्रेति लगाएको सहभागीता रहेको थियो ।
राप्रपाका केन्द्रीय सदस्य तथा सह प्रवत्ताले आन्तरिक विषयलाई प्रभावकारी ढंगले मिलाउँदै जिल्ला, पालिका, वडा तहसम्म नविन राप्रपा अभियान सुरु भएको जानकारी दिनुभयो ।
कार्यक्रममा गाउँगाउँबाट राप्रपा शुभेच्छुक, नेता तथा कार्यकर्ताहरु सहभागी भएका थिए ।