
याम्बु । तामाङ कलाकारहरुको साझा संस्था नेपाल तामाङ कलाकार संघले बागमती प्रदेशका तामाङ मन्त्री र सगरमाथा आरोहीलाई सम्मान गरेका छन् ।
कलाकार संघले बागमती प्रदेश सरकारका खानेपानी, उर्जा तथा सिंचाई मन्त्री तिर्थ लामा, सामाजिक बिकास मन्त्री कुमारी मोक्तान र आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिङ लामालाई सम्मान गरेका हुन् ।
यस्तै, सगरमाथामा आरोही सेन्साई पेमा टाशीलाई बधाई तथा सम्मान गरेका थिए । टाशीले नेपाल तामाङ कलाकार संघको भण्डा सगरमाथामा फहराएका थिए ।
#तामाङ_कलाकार_संघ #सगरमाथामा_आरोही_सेन्साई_पेमा_टाशी