शैलुङ बोधिचैत्य शुप्राणप्रतिष्ठा,उद्घाटन तथा छेवाङ(आयु अविषेक)कार्यक्रमका अध्यक्ष-सेरप शेर्पा ज्यु,प्रमुख अतिथि, परमपावन गुरु क्याब्जे सेचेन रब्ज्याम रिन्पोक्षे ज्यु,विशिष्ट अतिथि, पुजनीय टुल्कु लोसाङ नाम्ग्याल रिन्पोक्षे ज्यु,विशेष अतिथि, संघीय सांसद माननीय पुर्ण बहादुर तामाङ ज्यु,अतिथि, प्रदेश सांसद माननीय युवराज चौलागाईं ज्यु,तारानारायण श्रेष्ठ ज्यु,नेपाल बौद्ध महासंघका अध्यक्ष खेन्पो कमल भण्डारी ज्यु,ङिङ्मा,कग्यु,शाक्य र कग्यु संघका अध्यक्ष तथा पदाधिकारी ज्युहरु,खेन्पोज्युहरु,लोपेनज्युहरु,दोरम्बा,मेलुङ,शैलुङ गाउँपालिकाका अध्यक्ष ज्युहरु,पुर्व अध्यक्ष ज्युहरुलगायत स्थानीय जनप्रतिनिधिज्युहरु,धर्मगुरु एवं लामागुरुज्युहरु,विभिन्न संघसंस्थाका प्रतिष्ठित व्यक्तित्वहरु ।
हाम्रो निमन्त्रणालाई स्विकार्दै कार्यक्रमको शोभा बढाईदिनुहुन आउनुभएका धार्मिक आस्थावान महानुभावहरु,सुरक्षाकर्मी साथीहरू,संचारकर्मी साथीहरूमा पावन भुमि शैलुङमा हार्दिक स्वागत गर्दछौं। पुजनीय टुल्कु लोसाङ नाम्ग्याल रिन्पोक्षे ज्यु पहिलोपटक शैलुङ भ्रमण आउँनुहुँदा शैलुङमा बोधिचैत्यको आवश्यकता महशुस गर्नुभैइ उहाँकै संरक्षकत्वमा २०७१सालमा शैलुङ रिगसुम गोन्पो नामक संस्था स्थापना भइ जिल्ला प्रशासन कार्यलय काठमाडौंमा दर्ता भयो ।दोलखा र रामेछाप जिल्लाको जिल्ला प्रशासन कार्यलयबाट स्वीकृत लिई उहाँकै सदिक्षा अनुरुप २०७२साल चैत्र २०गते बोधिचैत्यको शिलान्यास अर्थात भुमिपुजा भयो।
२०७३साल भदौ २६गते जग खन्न शुरूवात गरेको चैत्य ३वर्षमा सम्पन्न गर्ने लक्ष्य लिएकोमा भौगोलिक विकटता,प्रतिकुल मौसम र आर्थिक व्यवस्थापनमा कठिनाइ भएको कारण चैत्य निर्माण सम्पन्न गर्न ढिलाइ हुन गयो।विविध खालका चुनौती,बाधाव्यवधानका बाबजुत सबैतिरबाट आर्थिक,भौतिक र नैतिक सबै प्रकारको सहयोगबाट चैत्य निमार्ण सम्पन्न भएकोमा हामी खुशी व्यक्त गर्दछौ।चैत्य निर्माणकार्यमा विशेष सहयोग पुर्याउनुहुने दोरम्बाशैलुङ,मेलुङ र शैलुङ गाउँपालिकाको अलावा समाजका विशेष व्यक्तित्वहरु,देशविदेशमा जहाँ रहेपनी आफ्नो श्रद्धाभावले दान दिनुहुने दानपतिज्युहरु सम्पुर्णमा हार्दिक साधुवाद!!!यहाँहरुले आस्थाले गर्नुभएको सहयोगको उच्च कदर गर्दै हामीले पहिलो चरणमा ५०हजार भन्दा माथी सहयोग गर्नुहुने सहयोगी दाताहरुलाई सम्मान गरिसकेका छौ,त्यसैगरी १५हजरदेखी ५०हजारसम्म सहयोग गर्नुहुने सहयोगी दाताहरुलाई दोस्रो दानपती कार्यक्रममा सम्मान गरेका छौ ।
५हजारदेखि १५हजारसम्म सहयोग गर्नुहुने दाताहरुलाई यथाशीघ्र तेस्रो दानपती कार्यक्रम अन्तर्गत सम्मान गर्दैछौ।यसरी चरणबद्ध सम्मानको अलावा १लाख भन्दा माथी सहयोग गर्नुहुने दाताहरुको ३पुस्ते उल्लेख गरी शिलामा नाम लेखन र १०हजार भन्दा माथी सहयोग गर्नुहुने दानपती ज्युहरुको चैत्य परिसरमा नाम लेखन कार्य सम्पन्न गरेका छौ ।दाता सम्मान र शिलामा नाम लेखनसंगै आर्थिक पार्दर्शितालाई पहिलो प्राथमिकतामा राखी ५००देखी माथी सहयोग गर्नुहुने दाताहरूको नामावली समावेस गरी शैलुङ बोधिचैत्य प्रकाशनको तयारीमा रहेको छ,कार्यक्रम संगै प्रकाशनमा तयारी भएकोमा प्रमुख कार्यक्रम(शुप्राणप्रतिष्ठा तथा उद्घाटन)कार्यक्रम छुट्ने भएको हुँदा यस कार्यक्रमलाई समावेश गरी स्मारिका प्रकाशित हुने र एक कार्यक्रम आयोजना गरी बिमोचन गरी दाताहरु समक्ष पुर्याउने जानकारी गराउँदछौ।चैत्य निर्माणकार्य सम्पन्न गर्न करिब ३करोड ३१लाख रुपैयाँ लागत लगानी भएको छ,यसको विवरण कोषाध्यक्ष ज्युले आर्थिक प्रतिवेदनमा जानकारी गराउनुहुनेछ।
आगामी योजनाहरुमा चैत्य भित्रको पुजा हलमा मुर्ति प्रतिस्थापन गर्ने,शैलुङमा रहेका पौराणिक माबे/स्तुपाहरुको पुनः निर्माण गर्ने,शैलुङ बोधिचैत्यको स्थापना दिवस भगवान बुद्धिको मह्त्वपुर्ण तिथि मध्य कुनै एकमा वार्षिक रूपमा पुजापाठ आयोजना गर्ने ।अन्तमा शुरूवात देखी सम्पन्नता सम्म आफ्नो श्रद्धाभावले सहयोग गर्नुहुने स्थानीय सरकार,विभिन्न संघसंस्था,सामाजिक व्यक्तित्वहरु,देशविदेशमा रहेर सहयोग गर्नुभैइ पुण्य संचय गर्नुहुने समस्त महानुभावहरुमा सहयोगको लागी हार्दिक आभार व्यक्त गर्दै यस प्राणप्रतिष्ठा कार्यक्रममा अत्यन्तै व्यस्तताका बाबजुद पाल्नुहुभएको परमपावन गुरु क्याब्जे सेचेन रब्ज्याम रिन्पोक्षे ज्यु,टुल्कु लोसाङ नाम्ग्याल रिन्पोक्षे ज्यु,खेन रिन्पोक्षे ज्युहरु,खेन्पोज्युहरु,लोपेनज्युहरु,माननीय ज्युहरु,स्थानीय सरकारका जनप्रतिनिधिज्युहरु,स्थानीय गुम्बाका गुम्बा प्रमुख एवं लामागुरु विभिन्न संघसंस्था लगायत सम्पुर्णमा हार्दिक स्वागत गर्दै कार्यक्रमको अन्त्यसम्म बस्नुभैइ शोभा बढाईदिनुहुन हार्दिक अनुरोध गर्दछु। भवतु:सर्वमंगलम