युवाहरुलाई स्वदेशमै रोजगारी सिर्जना गर्छुः बालकृष्ण शिवाकोटी

.

दोलखा । प्रतिनिधिसभा सदस्यका एमाले उम्मेद्वार बालकृष्ण शिवाकोटीले आफूले निर्वाचन विजय प्राप्त गरेपछि युवाहरुलाई स्वदेशमै रोजगारी दिलाउने नीति निर्माण गर्ने बताउनुभएको छ ।

शनिबार मेलुङ गाउँपालिकाको भेड्पुमा भएको बृहत् कार्यकर्ता भेलालाई सम्वोधन गर्नुहुदैँ शिवाकोटीले बेरोजगारीका कारण उर्जाशिल युवाहरु विदेश पलायन हुनुपरेको भन्दै स्वदेशमै उद्योग धन्दाको विकास गरेर रोजगारी सिर्जना गर्न आफू लागि परेको बताउनुभयो ।

मनोनयन दर्तापछि निर्वाचन विशेष जिल्लाकै पहिलो बृहत् कार्यकर्ताता भेलालाई सम्बोधन गर्नुहुदैँ प्रदेशसभा (क) का उम्मेद्वार नरबहादुर श्रेष्ठले आफुले जितेमा प्रदेश सरकार मार्फत स्थानीय तहलाई थप सवल र सक्षम बनाउन आवश्यक नीति निर्माण गर्ने बताउनुभयो ।

नेकपा एमाले मेलुङ गाउँपालिका कमिटीका अध्यक्ष अम्बिका गोलेको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी दोलखाका सचिव हिराकुमार तमाङ, उपसचिव धर्मेन्द्र मोक्तान, खेलकुद महासंघका केन्द्रिय सचिवालय सदस्य विदुर शर्मा लगायतले आगामी मंसिर ४ गते हुने निर्वाचनमा सुर्यमा मतदान गरी एमाले उम्मेद्वारलाई विजयी गराउन मतदाताहरुलाई अनुरोध गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार