भीमेश्वरमा १ सय ५१ सदस्यीय निर्वाचिन कमिटी गठन

.

याम्बु । नेकपा एमाले भीमेश्वर नगर–काठमाडौं सम्पर्क मञ्चले १ सय ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । आगामी ४ मंसिरमा सम्पन्नहुने आमनिर्वाचनको तयारीका लागि सो कमिटी गठन गरेको हो ।

शनिबार काठमाडौंमा सम्पन्न मञ्चको विस्तारित बैठकले चुनाव परिचालनका लागि १७ सदस्यीय सचिवालय समेत गठन गरेको छ ।
साथै १३ सदस्यीय सल्लाहकार कमिटीसमेत गठन गरिएको छ ।

बैठकमा नेकपा एमालेका पोलिट्ब्युरो सदस्य एवं पूर्वमन्त्री आनन्द पोखरेल, केन्द्रीय सदस्य एव वागमती प्रदेशकी पूर्वमन्त्री रचना खड्कालगायतको सहभागीता रहेको थियो ।

यसैबीच, आगामी ४ मंसिरको निर्वाचन तयारीका लागि नेपाल उत्पीडित जातीय मुक्ति समाज दोलखाको पनि विस्तारित बैठक सम्पन्नभएको छ ।

चरिकोटस्थित पार्टी कार्यालय, दोलखामा सम्पन्न बैठकले जिल्लास्थित मुक्ति समाजका सबै पालिका र वडास्तरीय कमिटीहरुलाई एमालेका उम्मेद्वारहरु जिताउन सक्रिय बनाउन परिचालित गर्ने निर्णय गरेको जिल्ला अध्यक्ष रमेश विश्वकर्माले बताउनु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार