
चरिकोट । सामान्य परीवारमा जन्मिएका हुन्, नरबहादुर श्रेष्ठ । शालिन व्यक्तित्व र सहनशिल स्वभाकै कारण उनले बनाएका योजना र राजनीतिक यात्रामा अहिलेसम्म सफल छन् । विद्यार्थी राजनीतिदेखि जिल्लाको राजनीतिमा उनको छुटै पहिचान छ । यहि पहिचान र नेतृत्व खुबी भएकै कारण नेकपा एमाले दोलखा जिल्ला कमिटिका अध्यक्ष भएका हुन् । उनी अहिले दोलखाबाट बागमती प्रदेश सभा क बाट प्रत्यक्ष तर्फका उम्मेदवार भएका छन् । उनको राजनीतिक आरोह अवरोको यात्रा यस्तो छ :
राजनीतिक यात्रा…
२०३६ सालमा त्रिभुवन मावि मेलुङमा (कक्षा ६) पढ्दा अनेरास्ववियुको प्रारम्भीक कमिटिमा काम गरेका श्रेष्ठ त्यसको केही वर्षमै जिल्लाको बिद्यार्थी राजनितिमा उदाए । जिल्ला कमिटि सदस्य हुँदै, सहसचिव र उपाध्यक्ष बने । महेन्द्र खड्का अखिलको जिल्ला अध्यक्ष थिए ।
खड्कापछि श्रेष्ठका लागी जिल्ला अध्यक्ष चलाउने अवसर आईपुग्यो। २०३९ सालमा उनी अखिलको जिल्ला अध्यक्ष भए । उनी अघि पशुपति चौलागाई, रोहित खत्री लगायतले अखिलको नेतृत्व गरिसकेका थिए । अखिलमा काम गर्दा नरबहादुरले जिल्लाका विभिन्न विद्यालयमा भूमिगतरुपले संगठन निर्माण गरे।
त्यही वर्ष उनले एसएलसी पास गरे। पिता शिक्षक बनाउन चाहन्थे । एक दिन उनका पिताले गाउँकै भीम माविमा शिक्षक जागिर खुवाउनका लागी बिद्यालय व्यवस्थापन समिति अध्यक्ष बालकृष्ण भण्डारीलाई भेट्न लिएर गए। उनलाई मास्टर बन्नै मन थिए।
अध्यक्षले हुदैन भनिदिए हुन्थ्यो जस्तो लाग्यो। नभन्दै बिद्यार्थी राजनितिक गर्नेलाई जागिर खुवाउदा भोली प्रशासनले अफ्ठयारो पार्छ भण्डारी तर्किए। खुसी हुदै पिता संग घर फर्किए।
२०४१ सालमा माथिल्लो तह अध्ययन गर्न राजधानी गए। सेनामा रहेका दाजुले मेडिकल लाईन पढ्न सुझाए। माहराजगञ्ज क्याम्पसमा हेल्थ असिसटेन्टमा आवेदन दिए । तर नाम निस्किएन । नरदेवी आयुर्वेद क्याम्पसमा आयुर्वेद बिषय पढ्ने सोच बनाए । यहाँ भने अखिलको राजनितिक पहुँच प्रयोग गरेर श्रेष्ठ सहित ४ जना नेताहरु नरददेवी आयुर्वेद क्याम्पस भर्ना भए।
नरदेवी पढ्दा श्रेष्ठले पञ्चायत बिरोधी गतिविधिमा नजिकबाट संलग्न हुने मौका पाए। डाक्टर झलक शर्मा, ताप्लेजुङका युरेन्द्र ओझा, तनहुँका भानुभक्त पौडेल, नवलपरासीका डा.कृष्ण खड्का लगायत उनीहरुको टोली पञ्चायत विरुद्ध रातभर वाल पेन्टिङ र पर्चा छर्ने काम गथ्र्यो। त्यही कलेजबाट आयुर्वेदमा बिषारत तथा सामन्य चिकित्सामा साढे तिन वर्षे कोर्स पुरा गरे।
काठमाडौंमै सक्रिय रहँदा २०४२ सालमा पार्टीको भातृ संगठन युथ कम्युनिष्ट लिगको सदस्यता पाए । एमालेका हालका महासचिव शंकर पोखरेल सहित सदस्यता पाउने १० जना मध्ये श्रेष्ठ पनि एक थिए। पछि युवाहरुको उक्त संगठन प्ररायु संघमा रुपान्तरित भयो। पढाई चलिरहेका बखत पनि उनी जिल्ला निरन्तर आउजाउ गर्थे।
२०४२ सालमा चुनाव घोषणा भयो। अखिलको जिल्ला सम्मेलन मार्फत नेतृत्व हस्तान्तरण गर्ने र चुनावी प्रचारमा समेत काम गर्नलाई उनले जिल्ला जाने निर्णय गरे।
पार्टीले उठाएका जनपक्षिय उम्मेद्धार जितविर लामाको प्रचार सामग्री बोकेर जिल्ला फर्कदै थिए। सातदोबाटो चोक स्थित लक्ष्मी लजबाट पञ्चायत विरोधी प्रचार सामग्री सहित उनी पक्राउ परे। पक्राउ परे लगतै उनलाई तिन महिनाका लागी जेल पठाईयो। उनी पञ्चायतकालमा तेस्रो पटक पक्राउ परेका थिए।
अध्यक्ष श्रेष्ठ जेलमा रहेकाले स्वर्गिय पशुपति चौलागाईको अगुवाईमा अखिलको जिल्ला अधिवेशन सम्पन्न भयो। श्रेष्ठ पछि गोपाल बस्नेत शंकर उप्रेती, पुष्प बस्नेत, जिवस खड्का, रोहित खड्का, राजेन्द्र मानन्धर, हरिवंश चौलागाई, शान्त केसी, तिर्थ खड्का, सन्तोष बिमली लगायत अध्यक्ष बने।
२०४४ मा पढाई सकेपछि २०४५ सालमा अन्तर्जातिय विवाह गरेर सोही वर्ष उनी जागिरमा जोडिए । पहिलो पोष्टीङ कास्की स्थित खगराज अधिकारीको गाउँमा भयो। पार्टी सदस्यता समेत त्यतै सारे। जागिरका क्रममा कास्की, धुलिखेल, सोलु, खोटाङ, सिन्धुपाल्चोक, काठमाडौं लगायतका जिल्लामा पुगे।
गाविस अध्यक्ष देखी गाउँपालिका प्रमुखसम्म
२०५४ मा स्थानिय निकाय निर्वाचन हुने भयो। भेड्पु गाविस अध्यक्ष लड्न पार्टीबाट प्रस्ताव आएपछि स्थायी सरकारी जागिरबाट राजिनामा दिएर श्रेष्ठ गाउँ फर्किए।
जेठान अम्बिका गोले कांग्रेसमा थिए। ज्वाई गाविस अध्यक्ष लड्ने निधो भएपछि गोले एमालेमा आए। भेड्पुको अध्यक्ष, उपाध्यक्ष र ९ ओटा वडाध्यक्ष सहित ४७ ओटै सिटमा उनको प्यानल विजयी भयो। त्यतिखेरका ५१ गाविस मध्ये बुलुङ र गैरीमुदी बाहेक सबैमा एमालेले गाविस जितेको थियो।
गाविस अध्यक्ष भएपछि गाउँमा निरन्तर खटिए उनी । फड्के खोलामा पुल थिएन। तिन ओटा झोलुङगे पुल हाले। बिद्यार्थीहरु चकटी बोकेर स्कुल जान्थे। स्थानीय विद्यालयहरुमा फर्निचर ब्यवस्था गरे। भेड्पुको शिक्षा विकासमा ध्यान दिए। तत्कालिन जिरी गाविसका नोर्बु शेर्पा, ठुलोपातलको बुद्धिमान पाख्रिनसंग मिलेर भिएसओ नेपाल बेलायती स्यंसेवकलाई भेड्पु सहित जिरी र ठुलोपातलमा ल्याए। शैक्षिक विकासमा उनिहरुले राम्रो काम गरे।
यि बाहेक भेड्पुमा खानेपानी र सिचाँईका केही पूर्वाधार बने। गाविस अध्यक्ष नै रहँदा श्रेष्ठ पूर्व सांसद ईन्द्रबहादुर खड्काको अध्यक्ष्यतामा रहेको एमालेको जिल्ला सल्लाहकार समितिमा बसेर काम गरे। त्यसपछि आर्थिक बिभाग प्रमुखको जिम्मेवारी पाए।
गाउको घरमा माओवादीले ताला लगाईदिएका कारण उनी गाउँ फर्कन सकेका थिएनन्। चरिकोटमै केही गर्ने जुक्ती निकाले। पार्टीका केही अग्रजहरुसंग युवाहरुलाई प्राविधिक शिक्षा पढाउन कलेज खोल्ने प्रस्ताव राखे। अहेव र अनमी पढाउने गरी दोलखा बहुद्धेश्यीयय तालिम संस्थान सुरु भयो। सञ्चालक समितिमा अग्रज नेता र बुद्धिजिवी समेत बसे। पछि त्यसको सबै व्यवस्थापकीय जिम्मेवारी श्रेष्ठ आफैंले लिए। उनको प्राविधिक तालिम संस्थान (कलेज)बाट उत्पादन भएका करिब एक हजार अहेव र अनमी अहिले पनि देश विदेशमा रोजगारीमा छन्।
नरबहादुर श्रेष्ठ २५ वर्ष यता निरन्तर जिल्ला पार्टी कमिटिमा छन्। जिल्ला कमिटि सदस्य, सचिवालय सदस्य हुँदै उनी २०६७ सालमा आठौं अधिवेशनमा पार्वत गुरुङ अध्यक्ष बन्दा सचिव लडे। झिनो मतले पराजित भए। ७० सालमा ईश्वर पोखरेल अध्यक्ष भएपछि उपाध्यक्ष बने। ७४ को स्थानीय तह निर्वाचनमा एमालेलको तर्फबाट मेलुङ गाउँपालिका अध्यक्ष जिते।
२०७८ पुस २३ गते भएको जिल्ला अधिवेशनमा श्रेष्ठले नेकपा एमाले दोलखाको अध्यक्ष पदमा उम्मेद्धारी दिएसँगै अध्यक्षमा निर्वाचित भए ।
०५४ को स्थानिय चुनावमा एमालेले बुलुङ र गैरीमुदी बाहेक सबै ठाउँमा गाविस अध्यक्ष जितेको थियो।
शालिन व्यक्तित्व
गाउँपालिका अध्यक्ष हुँदा बिद्यालय, सडक लगायतका बिभिन्न मुद्धामा उनले आक्रमण र दुव्र्यवहारको सामना समेत गर्नुप¥यो। तर उनले काँही कतै प्रतिकार गरेनन, आक्रोशित पक्ष संग जुधेनन। श्रेष्ठ त्यो नै आफ्नो शालिनता ठान्छन्।
‘आक्रोशित पक्ष संग प्रतिकार गरेको भए चर्कोरुप लिन्थ्यो, गाउँ द्धन्दको भुमरीमा फस्थ्यो’ उनले निकट कार्यकर्ताहरु संग भन्ने गरेका छन् – ‘प्रतिकार गरिन अनि ति पक्षका मानिसहरु गल्ती भयो भनेर आफैं सम्झौता गर्न आउनुभयो, यो नै जितेको महसुश हुन्छ’।
श्रेष्ठले गाउँपालिका हाँक्दा भएका कुनै पनि घटनामा प्रतिशोध साँधेका छैनन्।
दोलखाबाट बागमती प्रदेश सभा (क) को उम्मेदवार
मंसिर ४ गते हुने संघीय तथा प्रदेशको निर्वाचनमा श्रेष्ठ दोलखा जिल्लाबाट बागमती प्रदेश सभा क बाट उम्मेदवार छन् । दोलखाको समृद्धि र विकासमा श्रेष्ठको मुख्य ध्येय छ । उनको क्षेत्रमा मेलुङ गाउँपालिका, वैत्यश्वर गाउँपालिका, तामाकोशी गाउँपालिका, जिरी नगरपालिका र गौरीशकर गाउँपालिका रहेका छन् ।