दोलखाको समृद्धि र विकासका लागि बालकृष्ण शिवाकोटीको उम्मेदवारी

.

काठमाडौं । दोलखामा नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बालकृष्ण शिवाकोटी आफैमा परिचित व्यक्तित्व हुन् । उहाँको जन्म विसं २०२६ साउन २९ मा सुनखानीमा भएको हो । उहाँ स्वर्गीय विष्णुराज शिवाकोटी र विष्णुमाया शिवाकोटीका जेठा सन्तान हुनुहुन्छ ।

अनेरास्ववियुबाट राजनीतिक यात्रा

बुबाको राजनीतिक सामाजिक जीवनबाट प्रेरित हुनुभएका शिवाकोटी विद्यार्थी कालबाट नै अनेरास्ववियुको राजनीतिमा सक्रिय हुनुभयो । उहाँ क्षमावती माविमा अध्ययनरत रहँदा२ ०४० मा अनेरास्ववियुको उपाध्यक्षसम्म बनेर काठमाडौंस्थित नेपाल कमर्श क्याम्पस मीनभवनमा उच्चशिक्षा अध्ययनको लागि भर्ना हुनुभयो ।

त्यहाँ स्नातक तहसम्मको अध्ययन पूरा गरुन्जेल अनेरास्ववियु प्रारम्भिक कमिटीका विभिन्न पदमा सक्रिय रही राजनीतिक यात्रालाई निरन्तरता दिनुभयो । त्यसपछि भूगोलको राजनीतिमा सक्रियता देखाउनुभएका शिवाकोटी तत्कालीन इलाका नंबर ९ को सचिवहुँदै २०५६ सालमा क्षेत्रीय कमिटीको सचिव बनेर पार्टी कामको नेतृत्व गर्नुभयो ।

एमाले दोलखाको सचिवालय सदस्यमा १२ बर्ष

राजनीतिक यात्रासँगसँगै समाजिक क्षेत्रमा पनि गतिशील शिवाकोटी नेकपा एमाले दोलखाको सचिवालय सदस्यमा निरन्तर १२ बर्ष रहेर पार्टी सञ्चालन तथा विकास निर्माणका कामहरुमा संलग्न हुनुभयो । पार्टी काम र सामाजिक सेवाका काममार्फत जनहितमा निरन्तर क्रियाशील रहेकै कारण उहाँ २०६५ मा बुटवलमा सम्पन्न नेकपा एमालेको आठौँ राष्ट्रिय महाधिवेशनका लागि दोलखामा भएको निर्वाचनमा सबैभन्दा बढी मत ल्याएर महाधिवेशन प्रतिनिधिमा विजयी हुनुभएको थियो ।

नेकपा एमालेको केन्द्रीय उद्योग वाणिज्य विभागको सदस्यहुँदै हाल उहाँ एमालेको बागमति प्रदेश कमिटीमै निरन्तर काम गरिरहनु भएको छ । एमालेको दशौँ महाधिवेशन तथा विधान महाधिवेशनमा पनि प्रतिनिधि रहनुभएका शिवाकोटी हाल एमालेको उद्योग हेर्ने भातृसंगठन नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको केन्द्रीय उपाध्यक्ष तथा बागमती प्रदेश इन्चार्जसमेत हुनुहुन्छ ।

मेगा बैंकको सञ्चालक समिति सदस्य

सरल तथा मिजासिला शिवाकोटी थुप्रै सामाजिक संघसंस्थामा पनि सक्रिय हुनुहुन्छ । मदन भण्डारी फाउण्डेनसनको केन्द्रीय सदस्यसहितथुप्रै सामाजिक संघ–संस्थाहरुमा पनि नेतृत्वकारी भूमिकामा हुनुहुन्छ । त्यस्तै, नेपाल सरकार लगानी बोर्डको सदस्यमा तीन कार्यकालसम्म रहनुभएका शिवाकोटी मेगा बैंकको सञ्चालक समिति सदस्य पनि हुनुहुन्छ ।

बोर्ड सदस्यको हैसियतमाउहाँले राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको आधार तयार गर्ने पार्टीको मूलनीति कार्यान्वयनका लागि वैदेशिक लगानी भित्र्याउने, राष्ट्रिय गौरवका आयोजनाहरुमा लगानीको मोडालिटीको निर्णय लिने, लगानीमैत्री वाताबरण सिर्जना गर्ने लगायतका क्षेत्रमाधेरै महत्वपूर्ण योगदान पुर्याउँदै आउनुभएको छ ।

अप्ठ्यारोमा परेकाहरुका लागि सदैव सहयोग गर्न रुचाउने शिवाकोटी सामाजिक कार्यमा रुची राख्ने र राष्ट्रिय विपतका बेला अग्रमोर्चामा रहेर राहत, उद्दारलगायतका काममा अग्रणी भूमिका निर्वाह गर्दै आउनुभएको छ । खासगरी २०७२ सालको भूकम्पको राष्ट्रिय विपतमा राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा समन्वय गरेर भुकम्पको इपिसेन्टर बनेको दोलखा जिल्लाभर ठूलो मात्रामा राहतका कार्यक्रमतथा उद्दार सामग्रीहरु ल्याएर जिल्लाबासीलाई सहयोग गर्नुभएको थियो ।

त्यसबेला उहाँ दोलखाको सवैजसो वडामा राहत, उद्दार र पुनस्र्थापनाको काममा सकृय बन्नुभयो । त्यसबेला शिवाकोटीले पीडामा रहेका दोलखावासीहरुलाई आफूले सकेसम्मको सहयोग गर्नुभयो । राजनीतिक रुपमा कुनै भेदभाव नगरी असल अभिभावकका रुपमा प्रस्तुत हुनुभयो । दोलखाली जनताका विपतका तिनै सारथीलाई आगामी मंसिर ४ मा हुनगइरहेको आमनिर्वाचनमा नेकपा एमालेले प्रतिनिधिसभा सदस्यको उम्मेद्वारका रुपमा उभ्याएको छ ।

नेपालको धार्मिक, सांस्कृतिक क्षेत्रको विकासमार्फत पयर्टन क्षेत्रको प्रवद्र्धनमा समेत शिवाकोटीले अगुवाका रुपमा भूमिका खेल्दै आउनुभएको छ ।

कोभिड १९ को संकटका समयमा जिल्लाबाट काठमाडौं बस्ने विभिन्न पेशा व्यवसायमा आबद्ध व्यक्तिहरु जो कमाएर खाननसक्ने अवस्थामा थिए, उनीहरुलाई खाद्यान्न तथा राहत सामग्री उपलब्ध गराएर सहयोग गर्नुभएको थियो । असहाय तथा पहुँच बाहिरका व्यक्तितथा समुदायका हितका लागि सधैँ केही गरौँ भन्ने भावना बोकेका शिवाकोटीले जेहेन्दार विद्यार्थीहरुको शिक्षामा ठूलो सहयोग तथा लगानी गर्नुभएको छ ।

करिब ५०० भन्दा बढी विद्यार्थीहरुलाई विद्यालय तथा उच्चतहको शिक्षामा व्यक्तिगत सहयोग तथा छात्रवृत्ति उपलब्ध गराएर सबैका लागि शिक्षा भन्ने राष्ट्रिय अभियानमा योगदान गर्नुभएको छ ।

आफू जन्मेर हुर्केको घर नजिकैको कालिनाग मावि सुनखानीलाई स्रोत साधन सम्पन्न विद्यालय र कालिनाग क्याम्पस बनाउने सम्मको अभियानको नेतृत्व गर्नुभएका शिवाकोटी शिक्षाप्रेमी तथा सफल अभियन्ता पनि हुनुहुन्छ । हाल जिल्लाको ग्रामीण भेगमा बनेको कालिनाग स्कुल तथा क्याम्पस उदाहरणीय शैक्षिक नमुना पनि हो ।

यसका अलावा सबैखाले विकास निर्माणमा उहाँको योगदान रहेको छ । जुन क्षेत्रमा हात हाल्यो त्यसलाई सफल बनाएरै छाड्ने र सबैको चित्त बुझाएर काम गर्नसक्ने क्षमताका धनी बालकृष्णमा रहेको उहाँका सहकर्मीहरु बताउँछन् र सबैले त्यसको अनुभूत पनि गरेका छन् । सफल उद्योगी तथा व्यवसायीकोसमेत छवी बनाउनुभएका शिवाकोटीले आफू आबद्ध दर्जनभन्दा बढी उद्योगहरुमा करिब ४०० भन्दा बढीलाई रोजगार दिलाउनु भएको छ । बेलाबेला सफल र इमान्दार व्यवसायीको रुपमा राज्यबाट पुरस्कृत पनि हुनु भएको छ ।

यो निर्वाचन जितेपछि उहाँको पहिलो योजना नै जिल्लामा उत्पादनमूलक वातावरण बनाउने र धेरैभन्दा धेरै रोजगारीका अवसर सिर्जना गर्ने रहेको छ ।

दोलखाको वृहत्तर विकासमा सहयोग पुग्ने तामाकोशी ३ आयोजना, चीनसँगको फलाक नाका खोल्ने सडक निर्माण, शैलुङतथाजिरी पर्यटकीय स्थल निर्माण, फिल्मसिटी तथाखरिढुंगा म्याग्नेसाइट पुनः सञ्चालन जस्ता एजेण्डाहरु नै उहाँको प्राथमिकतामा रहेका छन् । विगतमा नेकपाको सरकार बीचमै ढल्नाले पूरा गर्न नसकिएका काम यस बर्ष पूरा गरेरै छाड्ने उहाँको ध्येय रहेको छ ।

बालकृष्ण शिवाकोटी युवा, जोशिला, काममा सदैव सफल हुनुभएका र संसदीय राजनीतिमा नयाँ अनुहार भएकाले अहिले दोलखाबासीले निकै ठूलो आशा, अपेक्षा र भरोसा उहाँमाथि राखेका छन् । नयाँले पक्कै केही गर्छन भन्ने सबैको चासो रहेको छ ।

योसँगै राष्ट्रिय अन्तर्राष्ट्रिय पहुँचबनाउनु भएका शिवाकोटीले दोलखालाई पनि साँच्चै परिवर्तन गराएर नमुना पर्यटकीय जिल्ला निर्माण गर्ने र उत्पादनको थलोको रुपमा पहिचान दिने अभियानका साथ निर्वाचनमा होमिएको बताउनु भयो । भूकम्पको बेलादेखि दोलखाली मतदाताले खोजिरहेका बालकृष्ण यसपटक जनताको पहिलो रोजाईमा पर्न सक्ने बिश्लेषकहरुको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार