
काठमाडौं । तामाङ चलचित्र संघले भदौ १६ गते प्रदर्शन दिवस तथा टिएफआर सम्मान गर्ने भएको छ । चलचित्र विकास बोर्डको हलमा सो कार्यक्रम गरिने भएको हो ।
काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष कुमार मोक्तानले उक्त कार्यक्रमको विषयमा जानकारी दिएको हो । अध्यक्ष मोक्तानले २७औं चलचित्र प्रदर्शन मनाउन लागेको बताए । कोभिड १९ का कारण यस अघि रोकिएको प्रदर्शन दिवस यो वर्ष भव्य रुपमा मनाउने तयारी गरेको अध्यक्ष मोक्तानको भनाई छ ।
कला, संस्कृति, भाषा र धर्मको संरक्षणका लागि श्रष्टालाई सम्मान र नयाँलाई प्रोत्साहन गर्ने उदेश्यका साथ संघले सो कार्यक्रम गर्दै आइरहेको छ ।
कार्यक्रमको सहआयोजन ताम्सालिङ टिभी र प्रचारप्रसार समितिमा तामाङ चलचित्र संघ बागमती प्रदेश रहेको छ । तामाङ चलचित्र २०५२ सालमा पहिलो पटक निर्माण भएको हो । स्वर्गीय जयनन्द लामाको चलचित्रको कथा र निर्देशन ‘सेमरी छोरङान’ बनाएका थिए ।