दक्षिण अफ्रिका राजदूत दान बहादुर तामाङलाई सम्मान

.

याम्बु । तामाङ पत्रकार संघ बागमती प्रदेशले दक्षिण अफ्रिका नवनियुक्त महामहिम राजदूत दान बहादुर तामाङलाई बुधबार काठमाडौंमा बधाई तथा सम्मान गरेको छ । संघले एक औपचारिक कार्यक्रमका साथ संघका पदाधिकारले बधाई तथा सम्मान गरेको हो ।

बागमती प्रदेशका अध्यक्ष अर्जुन पाख्रिनले राजदूत नियुक्त भएकोमा बधाई तथा शुभकामना दिनु भएको थियो । उहाँको नियुक्तिले तामाङ समुदायको कुटनीतिक नीति समेत उच्च हुने धारणा राख्नु भएको थियो । यस्तै दक्षिण अफ्रिका र नेपालबीचको अन्तर सम्बन्ध अझै उचाइमा पुग्ने र दक्षिण अफ्रिकामा रहेका नेपालीहरुको अविभावक हुनेमा आफु विश्वस्त रहेको बताए ।

यसैगरी महामहिम राजदूत दान बहादुर तामाङले आफ्नो कार्यकालमा नेपाल र दक्षिण अफ्रिकाबीच द्विपक्षीय सम्बन्ध बलियो बनाउँदै आर्थिक, व्यापार व्यवसायसँगै पर्यटन प्रवर्दनमा योजनागत रुपमा काम गर्ने धारणा राख्नु भएको थियो ।

कार्यक्रममा तामाङ डाजाङका अध्यक्ष फुलकुमार बम्जन, चलचित्र निर्देशक बिनय दोङ्ग लगायत, याम्बु मिडियाका प्रमुख शुक्र पाख्रिनलगायतले नवनियुक्त राजदुत तामाङको सफल कार्यकालको शुभकामना ब्यक्त गर्नुभयो ।

सफल ब्यवसायी र समाजसेवीको रुपमा चिनिनुभएका नवनियुक्त राजदुत तामाङ्ग चितवनका स्थायी बासिन्दा हुन । हाल काठमण्डौ बस्दै आउनुभएका उहाँ २०७० सालको संविधानसभाको निर्वाचनमा नेकपा एमालेका तर्फबाट उमेदवार हुनुहुन्थ्यो । हाल उहाँ माओवादी केन्द्रको कोटाबाट राजदुत सिफारिस हुनुभएको हो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार