‘यसकारण भीमेश्वरमा हरिवंश र कमलालाई जिताउनुपर्छ’

.

गणेश बुढाथोकी

चरिकोट । ०७४ मा भएको स्थानिय तहको निर्वाचनपछिको जनप्रतिनिधिहरुको पाँच वर्षको कार्यकाल सकिदैँ छ । यहि बैशाख ३० गते स्थानिय तहको सरकारको नेतृत्वका लागि देशभरि निर्वाचन हुँदै छ ।

दोलखामा ९ वटा स्थानिय तहहरु छन् । भीमेश्वर नगरपालिकामा गत स्थानिय तहको निवाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले मेयर उपमेयर सहित ७ वटा वडा जितेको थियो । समृद्ध भीमेश्वर बनाउने अभियानमा निर्वाचित जनप्रतिनिधिहरुले यो पाँच वर्षको अवधिमा योजनाबद्धरुपमा विकासको खाका तयार गरेका छन् । केही योजनाहरु सम्पन्न भएका छन्, भने विभिन्न नगरमा गौरबका आयोजना सञ्चालनमा रहेका छन् ।

दोलखा जिल्ला एमालेको लाल किल्ला हो । अझ भीमेश्वर नगरपालिका नेकपा एमालेको गढ नै रहेको विगत निर्वाचनको नजिर रहँदै आएको छ । दोलखाको सदरमुकाम रहेको यो नगरपालिकामा अवको पाँच वर्षको नेतृत्व लिन एमालेबाट हरिवंश चौँलागाइ र काङग्रेसको तर्पmबाट ईश्वर नारायण मानन्धरले उम्मेदवारी दिएका छन ।

मानन्धरले गत निर्वाचनमा पनि नेपालि काग्रेंसको तर्फबाट उमेदवारी दिएका थिए । उक्त निर्वाचनमा नेकपा एमालेका भरत के.सी. सँग पराजय व्यहोरेका मानन्धर यो पटक पनि तामझामका साथ नेपाली काग्रेंसको तर्फबाट उमेदवारी दिएका छन् ।

नगरपालिकाको नेतृत्व सम्हाल्ने सपना देखेका मानन्धरलाइ गत निर्वाचनमा के. सी. बाधक बने भने यो पटक भीमेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष तथा नगरका प्रवक्ता समेत भएको सालिन, बौद्धिक र भद्र व्यक्तित्व जनताका लोकप्रिय नेता हंरिबश चौलागाइ भीमेश्वरको नेतृत्व लिन चुनावि मैदानमा होमिएका छन ।

एमालेको तर्फबाट मेयरमा उमेदवारी दिएका हरिबंश चौँलागाइ नगर कमिटीभित्र कुसल संगठन निर्माणकर्ताको रुपमा पहिचान बनाई सकेका छन् ।

एमाले वृत्तमा लोकप्रिय छन् भने आम नगरबासिमा पनि त्यतिकै लोकप्रिय व्यक्तित्वका रुपमा परिचित छन् । नगरको हरेक समस्यासँग चिरपरिचित व्यक्तित्व भएकाले उनको उमेद्धारीले विपक्षि दलमा ठुलो धक्का दिएको छ ।

आन्तरिक पाटीको काम होस वा अन्य सार्वजनिक पदमा रहँदा उनले पाएका जिम्मेवारी कुशलतापुर्वक निर्वाह गरेका छन् । पछिल्लो पाँच वर्षमा भीमेश्वर नगरपालिका वडा नं ४ को वडा अध्यक्षमा निर्वाचित भएका चौँलागाइले भीमेश्वर नगरपालिका अन्तरगर्त वडा नं ४ मा उत्कृष्ट कार्यसम्पादन गरेका छन् ।

जिलुको समग्र सामाजिक, आर्थिक रुपान्तरमा उनले उल्लेखनिय योगदान गरेका छन् । स्पष्ट दृष्टीकोण सहित जिलुको विकासमा निरन्तर उनको सक्रिय सहभागिता रहेको थियो ।

विगतको निर्वाचनमा गठबन्धन गरेर पनि पराजय भोगेको कागे्रंसले यो पटक पनि गठबन्धनकै बलमा चुनाव जित्ने आशा गरेको छ । तर, भीमेश्वर नगरपालिकामा बलियो संगठन भएको, पाटी कार्यकर्ता र आम सर्वसाधारणबिच लोकप्रिय नेता भएका कारण यो पटक पनि नगरपालिकामा एमालेको नै पल्लाभारी हुने देखिन्छ । त्यसैले विगत पाँच वर्षको बाँकी रहेको कामहरुलाई पुरा गर्न र प्राप्त उपलब्धिलाई जोगाइराख्न पनि भीमेश्वरमा एमालेको जित आवश्यक रहेको छ ।

सुखमा एमाले दुखमा एमाले नागरिकको घर घरमा एमाले भन्ने मुल नाराका साथ स्थानिय तहको चुनावमा होमिएका एमालेका नेता तथा कार्यकर्ताले आ–आफ्नो गाउँ, टोलमा गएर राष्ट्रिय राजनीति तथा पार्टिको तर्फबाट विभिन्न पदमा उमेद्धवारी दिएका उमेद्धवारलाई जिताउन लाग्नुपर्छ । पर्यटकिय तथा साँस्कृतिक नगरी भीमेश्वर नगरपालिकामा समृद्ध भीमेश्वरको परिकल्पना भइसकेको छ । भीमेश्वरको आगामि २० वर्षको योजना बनि सकेको छ ।

त्यसैले उक्त योजना कार्यान्वयन गर्न र नगरबासिको आर्थिक सामाजिक विकास गर्न, भौतिक पुर्वधार, शिक्षा, स्वास्थ्य, रोजगारी, पर्यटन पुर्वधार र यहाँको मौलिक सम्पदाको संरक्षण र विस्तार गर्न समग्र नगरबासिले सहि नेतृत्वको रुपमा हरिवंश चौलागाईको टिमलाई जिताउनु आजको नगरबासिको जिम्मेवारी हो ।

यदि नगरको नेतृत्व अन्य व्यक्तिको हातमा गएमा आज प्राप्त भएको उपलब्धि गुम्ने खतरा रहन्छ । निर्मानाधिन नगर गौरवका आयोजनाहरु अलपत्र पर्नेछन् । नगरमा सुशासनको प्रत्याभूति हुने छैन । भ्रष्टचार र कुसाशनले सिमा नाघ्ने छ ।

त्यसैले आगामि बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा साधारण एवम् कुशल व्यक्तित्व नेकपा एमालेका असल र इमान्दार सिपाहि हरिबंश चौलागाई र कमला बस्नेतको टिमलाई अमूल्य मत दिई नगर विकासको जिम्मा दिनु भोलीको आवश्यकता हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार