
सिर्जना पाख्रिन
देशमा विभिन्न राजनीतिक घटनाक्रमहरु घटे । यस्ता घटनाले नेपालको भू राजनीतिमा ठूला ठूला परिवर्तन भए, व्यवस्थाहरु रुपान्तरण भयो ।
यसरी समयसँगै व्यवस्था परिवर्तन गर्ने संवाकहरु भनेका युवा पुस्ता नै हुन् ।
इतिहासको पानामा यस्ता घटनाहरुले नयाँ रुप लिदै गर्दा युवाहरु नै अग्रभागमा होमिएको पाउँछौं । त्यो ०७ साल होस, ०४६ चाहे ०६२÷०६३ मा । जस्ले युग परिवर्तनका लागि अग्रमोर्चामा लामबद्ध हुन्छन् र आफूलाई राजनीतिक रुपमा स्थापित गर्न सक्षम हुन्छन् ।
यस्तै पात्र हुन्,‘संगीता पाख्रिन’ ।
निडर स्वभाव, स्पष्ट वक्ता र कुशल नेतृत्व गर्न रुचाउने पात्र । आफू रहेको राजनीतिक दलमा प्रतिबद्ध एक सम्भावित र प्रभावशाली व्यक्तित्व रुपमा परिचिन छिन, संगीता ।
जो परिवर्तका लागि विद्यार्थीदेखि नै दोलखाको सदरमुकाममा हुने विभिन्न राजनीतिक आन्दोलनको मोर्चामा उभिइन । जानेर या नजानेरै नेकपा एमालेको विद्यार्थी संगठनमा लागेकी थिइन । अनेरास्ववियु दोलखाको इतिहासमा मात्रै नभएर उनी केन्द्रिय तहमा नै चर्चाको पात्र थिइन ।
विद्यालय तहमा अध्ययन गर्दा देखि नै नेपाल रेडक्रस सोसाइटि जुनियरबाट सामाजिक क्षेत्रमा हातेमालो गर्न थालेकी संगीतालाई एमाले विद्यार्थी राजनीतिले थप उर्जा मिलेको थियो ।
जस्ले उनको व्यक्तित्व विकाससँगै नेतृत्व विकासको नयाँ आयाम सुरु भएको थियो । त्यो समय ०५८ ताका थियो ।
दोलखा बोचमा वि.सं. २०४५ मा जन्मिएकी संगीता अहिले भीमेश्वर नगरपालिकाको उपमेयरको उम्मेदवार भएकी छिन् । गठबन्धन सरकारको निर्वाचन रणनीति अनुसार उनी नेकपा एसबाट दोलखा सदरमुकाम रहेको भीमेश्वर नगरको उपमेयरको शसक्त उम्मेदवार भएकी छिन् ।
उनको चर्चा गठबन्धन नेतृत्व गरिरहेको नेपाली कांग्रेसभित्र नै चर्चाको विषय बनेको छ । नेकपा एसबाट उप मेयरको उम्मेदवार संगीता हुनु कांग्रेसका लागि अर्को मन्त्र नै बनेको छ ।
स्व.रामबहादुर तामाङ र माता विष्णु माया तामाङका तीन दाजुभाइको प्रिय बहिनी हुन, उनी । गाउँकै विद्यालयमा कखरा गरी मावि तहको शिक्षापछि गौरीशकर क्याम्पस हुँदै आरआर क्याम्पसमा अध्ययन पुग्दा उनले शैक्षिक यात्रासँगै राजनीतिक उत्तरचढापहरु थुप्रै भोगेकी छिन् ।
वि.सं. २०५६ मा कक्षा ६ अध्ययन गर्दा १४ वर्षको कलिलै उमेर अनेरास्ववियू प्रारम्भिक कमिटिको अध्यक्ष भएकी थिइन ।
यसरी उनको राजनीतिक यात्रा तय भएको थियो । २०६५ सालमा गौरीशकर क्याम्पस दोलखाको अनेरास्ववियूका कोषाध्यक्ष पद सम्हाल्न पुगेकी थिइन ।
अनेरास्ववियू दोलखा जिल्ला अध्यक्ष हुँदै दुई कार्यकाल अनेरास्ववियू केन्द्रीय सदस्यमा निर्वाचित भई विद्यार्थी राजनीतिको माथिल्लो तहसम्म पुगेकी थिइन । उर्जाशिल र क्रियाशिलताले भरिएको संगीताले तामाङ समुदायको विभिन्न संघ संगठनमा पनि नेतृत्वदायी भूमिका निर्वाह गरेकी छिन् ।
आदिवासी जनजाति विद्यार्थी महासंघ दोलखाको अध्यक्ष
संगिता,आदिवासी जनजाति विद्यार्थी महासंघ दोलखाको अध्यक्ष समेत भएकी थिइन । नेपाल तामाङ विद्यार्थी घेदुङ दोलखाको अध्यक्षको भूमिका निर्वाह गरिसकेका छन् । विद्यार्थी घेदुङका केन्द्रीय उपाध्यक्ष हुँदै अहिले उनी नेपाल तामाङ घेदुङको केन्द्रीय सदस्यका रुपमा क्रियाशिल पनि छन् ।
वैवाहिक जीवनयात्रा
वि.सं. २०७३ मा हालको खानीखोला गाउँपालिका निवासी दोलखा जिल्लाका तत्कालिन जिल्ला शिक्षा अधिकारी लोकबहादुर लोप्चनसँग विवाह बन्धनमा बाँधिएका हुन् । हाल विद्यावारिधि गरी मण्डनदेउपुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत डा लोकबहादुर लोप्चन र संगीता तामाङका दुई सन्तानहरुका सम्राट लोप्चन तामाङ र छेसाङ लोप्चन तामाङ दुई सन्तान छन् ।
वर्तमान राजनीतिक अवस्था
अहिले उनी नेकपा एस पाटीसँग संबद्ध छिन् । पाटिले विशेष युवा नेतृत्वको रुपमा उनलाई हेरिएको छ । नेकपा एमाले करिव तीन दशक राजनीतिमा क्रियाशिल उनी अहिले आफू जन्मिएको नगरको नेतृत्वको लागि उर्जाको साथ लागि रहेकी छिन् ।
दोलखाका राजनीतिक नेता स्व.पुशपति चौलागाई, आनन्द पोखरेल, पार्वत गुरुङको राजनीतिक छत्रछायाँमा हुर्किएकी उही संगीता आज विविध कारणले फरक धारमा उभिएकी छिन् । २०७४ को स्थानीय तहको निर्वाचनमा भीमेश्वर गरपालिकाको उपमेयरमा चर्चा चले पनि पारिवारिक कारणले नेतृत्व लिन सक्ने अवस्था थिएन ।
हाल उनी नेकपा एससम्बद्ध महिला संघ बागमती प्रदेशकी सचिव छिन् । उनको वर्तमान राजनीतिमा स्थानीय जनप्रतिनिधिदेखि प्रदेश तथा संघीय जनप्रतिनिधिका राजनीतिक पृष्ठधार भएका महिला नेतृत्व हुन् । महिला संघ समाजवादी दोलखाकी इन्चार्ज समेत हुन्।
पाटीका निम्ती एक बफादार नेतृत्वको रुपमा स्थापित भइसकेकी संगीता अहिले भीमेश्वर नगरकै चर्चाको विषय बनेको छ ।
जो हिजोको दिनमा आदिवासी जनजातिको आन्दोलनमा पुल्टो बाल्नेदेखि चर्को भाषण गर्ने त्यही संगीता फरक विचारको साथ भीमेश्वर नगर नेतृत्वका लागि प्रयन्तरत छिन् ।