नाटा नेतृत्वका लागि विनय बस्नेतको ‘हाम्रो समूह’ घोषणा, घोषणा पत्रमा के छ ?

.

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्सी (नाटा) को चैत्र १७ गते हुने निर्वाचनका लागि विनय बस्नेतले आफ्नो टिमघोषणा गरिएको छ । बस्नेतको टिमले हाम्रो समूह नाम दिदै नाटाको नेतृतवका लागि नयाँ प्यानल घोषणा गरिएको हो ।

उनको टिममा वरिष्ठ उपाध्यक्षमा सुधिर कुमार उपाध्यय, उपाध्यक्षमा सुनिल शर्मा, महासचिवमा जिस्वान तुलाधार श्रेष्ठ, सचिवमा प्रज्ञा शर्मा, कोषाध्यक्षमा सुदर्शन नेपाल र सह कोषाध्यक्षमा गीता ढकाल रहेका छन् ।

यस्तै सदस्यमा विष्णु पाण्डे, सुदर्शन पौड्यल, साधुराम थापा, दिनेश मैनाली, सन्तोष गुरुङ, चुडा लामा, सुमन लाल श्रेष्ठ र राजकुमार पाठक रहेका छन् ।

उनीहरुले विनय बस्नेतको नेतृत्व हाम्रो समूहको नामबाट आफूलाई परिचय गराएका हुन् । यो टिमको घोषणा पत्र यस्तो छ:

१. सम्पूर्ण NATTA का सदस्यहरुलाई नेपाल सरकारद्वारा घोषणा गरिएको सहुलियत ऋण प्रवाह गराउन र ऋण लिएकाहरुलाई त्यसको ब्याज ब्यवसाय पुनर्स्थापना नहुँदासम्म थपिदिन अर्य मन्त्रालय र राष्ट्र बैंकसँग समन्वय गरिनेछ ।

२. Buddist International Travels mart ( BITM) लाई प्रभाकारी रुपमा अगाडि बढाउन नेपालस्थित सरोकारवाला निकायहरुसँग समन्वय गरिनेछ र हालको भन्दा बढी संख्यामा बुद्धिस्ट बिदेशी धार्मिक पर्यटक नेपाल भित्र्याउन प्रयत्न गरिनेछ !

३. तत्काल व्यवसाय प्रवर्द्धन गर्न NATTA Sales Mission आयोजना गरी छिमेकी मुलुकहरू चिन, भारत, बङ्गलादेश, श्रीलंकामा विशेष प्रवर्द्धन प्याकेजसहित प्रचार-प्रसार गरिनेछ ।

४. नेपाल सरकार, स्थानीय सरकार, नेपाल पर्यटन बोर्ड, बैंक वित्तीय सस्थाहरु र आवस्यक सरोकारवाला निकायहरूसँग सहकार्यगरी अगाडि बढीने छ !

५. बिगत लामो समय देखी समस्यामा रहेको पर्यटक बस पार्कको समस्या समाधान गर्न यथाशिघ्र समन्धित निकायहरु सँग सहकार्य गरी काठमाण्डौमा पर्यटक बसपार्क निर्माण गर्न नेत्रित्वदाइ भूमिका खेलिने ।

६. Inbound र Outbound Tour Operate गर्ने NATTA का सदस्यहरुमा परिरहेको Payment Gateway समन्धी समस्याहरूलाई नेपाल राष्ट्र बैंकसँग समन्वय गरी समाधान गरिनेछ ।

७. बहुराष्ट्रिय कम्पनिका अध्यक्ष एवं CEO हरू, प्रसिद्ध मिडियाकर्मीहरू, blogger, Writer तथा सेलेब्रेटीहरुलाई नेपाल भ्रमण गराई नेपाललाई विदेशमा प्रचार-प्रसार गर्न NATTA फाम ट्रिपको आयोजना गरिनेछ ।

८. सदैव आइपर्ने IATA को दीर्घकालीन समस्या समाधान गर्न विशेषज्ञ कानुन व्यबसायी लाई संस्थामा नियुक्त गरी आवश्यक कदम चालिनेछ ।

९. नेपालको भू-भाग प्रयोगगरी मानसरोवर संचालन गर्ने NATT का सदस्य कम्पनीहरुलाई पर्न गएको समस्या समाधान गर्न AKTON सँग सहकार्य गरी नेपाल सरकार र कुटनितिक नियोग मार्फत पहल गरिनेछ ।

१०. आन्तरिक पर्यटन प्रवर्द्धन गर्न NATTA प्रदेश तथा च्याटरको नेतृत्वमा सरकारी तथा गैर-सरकारी संघ सस्थाहरुसँग सहकार्य गरी Border City Tourism Promotion संचालन गरिनेछ ।

११. आन्तरिक पर्यटन प्रवर्द्धन गर्न नेपाल सरकारद्वारा घोषणा गरिएको पर्यटकीय काज बिदा अर्थात् LTC लाई तत्काल पूर्ण रुपमा कार्यन्वयन गराउन पहल गरिनेछ ।

१२. NATTA का सदस्यहरुको कर्मचारीहरुलाई व्यवसायिक क्षेमता अभिवृद्धि गर्न समय समयमा NATTA ले तालिम दिने व्यवस्था गरिनेछ ।

१३. विद्यमान बाझिएको पर्यटन यातायात ऐन २०४९ लाई समय सापेक्ष संम्सोधन गर्न र पर्यटन यातायातको छुटै पहिचान कायम गर्न पहल गरिनेछ ।

१४. नेपालका भूभाग प्रयोगगरी मानसरोबर यात्रा गर्दा NATTA का सदस्य कम्पनीहरुलाई पर्न गएको समस्या समाधान गर्न AKTON सँग सहकार्य गरी नेपाल सरकार र कुटनीतिक नियोग मार्फत पहल गरिनेछ ।

१५. सन्चालनका तयारीमा रहेका भैरहवा र पोखरा अन्तराष्ट्रिय विमानस्थललाई यथाशीघ्र सन्चाल गर्न नेपाल सरकारको ध्यानाकर्षण गरिनेछ ।

१६. NATHAM र अन्य पर्यटन कलेजहरु सँगको सहकार्यमा दक्ष पर्यटन जनशक्ति निर्माण गर्न जोडदार पहल गरिनेछ ।

१७. विद्यमान बाझिएको पर्यटन यातायात ऐन २०४९ लाई समय सापेक्ष परिवर्तन गरी पर्यटन यातायातको छुटै पहिचान काएम गराउन पहल गरिनेछ ।

१८. राष्ट्रिय झण्डा वाहाक नेपाल एयरलाइन्स तथा हिमालयन एयरलाइन्स लगायत नेपालमा उडान गरिरहेका अन्य एयरलाइन्स कम्पनीहरूसँग समन्वयन गरी विदेशका गन्तव्यहरुमा प्रवर्द्धन कार्य गरिनेछ ।

१९. कोभिड-१९ को महामारीले थलिएको पर्यटन व्यवसायलाई लएमा फर्काउन सरोकारवाला निकायहरुसँग समन्वयन गरी विशेष प्याकेजको घोषणा गर्न नेपाल सरकारको ध्यानाकर्षण गरिनेछ ।

२०. दर्ता बिनै Online Ticketing गरिरहेका कम्पनीहरुलाई निरुत्साहित गरिनेछ ।

21. NATTA का सदस्यहरुलाई मुख्यत: Ticketing Agencies हरुलाई GDS प्रणाली प्रयोग गर्न पहल गरिने छ।

२२. आएटद्वारा Void टिकटमा लगाएको चार्ज फिर्ता लिनको लागि पहल गरिनेछ ।

२३. आन्तरिक पर्यटन प्रवन्धनको लागि ७ वटै प्रदेशमा पर्यटक यातायात संचालन गर्न संघीय सरकार, स्थानीय सरकार तथा सम्बन्धित निकाय र NATTA प्रदेशसँग समन्वयगरी पर्यटन यातायात संचानल गरिनेछ ।

२४. पर्यटकहरु लाई अर्गानिक फुड प्रयोग गर्न प्रत्सोहान गरिने छ !

२५. २०२२ भित्र कम्तिमा १० लाख बिदेशी पर्यटकहरु लाई नेपाल भित्र्याउन NATTA ले बिशेष अगुवाई गर्ने छ!

NATTA कै नेत्रित्व NATTA मार्फत नै संबृध नेपाल निर्माण गरौ ! पर्यटन ब्यवसायको पर्बर्धनको मुख्य द्वार NATTA लाई बनाऔ ! जय NATTA, जय पर्यटन ब्यवसाय नै बिनय बस्नेत समुहको प्रतिबद्दता !

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार