अनेरास्ववियु पालिका संगठन निर्माण सम्पन्न, भीमेश्वरमा रुपेश सुवेदी चयन

.

चरिकोट । नेकपा एमाले दोलखाका अनेवरास्ववियु (विद्यार्थी भातृ संगठन) निर्माण अभियान अन्तर्गत पालिका अधिवेशन भव्य रुपमा सम्पन्न भएको छ ।

आसन्न स्थानीय निर्वाचनलाई लक्षित गर्दै एमालेले दोलखामा विद्यार्थी संगठनलाई चलायन बनाउन पालिका संगठन निर्माण अभियान भव्य रुपमा सम्पन्न गरिएको जिल्ला अध्यक्ष राजकुमार ढुंगेलले जानकारी दिए ।

अनेरास्ववियु जिल्ला अध्यक्ष ढुंगेलका अनुसार भीमेश्वर नगरपालिकाको प्रथम अधिवेशनबाट रूपेश सुवेदी अध्यक्षमा .चयन गरिएको छ । उनको नेतृत्वमा ३३ सदस्यिय भीमेश्वर नगर कमिटी गठन गरिएको हो ।

यस्तै शैलुङ गाउँपालिकामा वसन्त मोक्तानको अध्यक्षतामा ४१ सदस्यीय, तामाकोशी गाउँपालीकामा आदर्श खड्काको अध्यक्षतामा ७५ सदस्यीय, विगु गाउँपालिकामा अकित थामीको अध्यक्षतामा २९ सदस्यीय,कालिन्चोक गाउँपालिकाको मणिराज शिवाकोटीको अध्यक्षतामा २८ सदस्यीय र बैतेश्वर गाउँपालिकामा शुसील दाहालको अध्यक्षतामा ३९ सदस्यीय कमिटी गठन गरिएको अनेरास्ववियु दोलखाले जनाएको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार