लापिलाङको दुई घरमा आगलागी, पुर्वमन्त्री पावर्त गुरुङ घटनास्थल पुगेर राहत वितरण

.

चरिकोट । कालिञ्चोक गाउँपालिका वडा नम्बर–५, लापिलाङ निवासी विकास थापा र कृष्ण बहादुर थापाको घरमा आगलागी भएको छ ।

आगलागीबाट थापाद्धयको घर जलेर पुर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

घरमा आगालागी भएको सूचनालगतै पुर्व सञ्चारमन्त्री एवं संघीय सांसद पार्बत गुरुङ सहितको टोली घटनास्थल पुगी पिडितहरुलाई सहानुभूति दिनु भएको छ । साथै उहाँको टोलीले प्रारंभिक राहत बितरण कार्य गरिएको पत्रकार लक्ष्यमण थामीले जानकारी दिनु भयो ।

आज भएको आगलागी कारण कति मात्रमा क्षति भयो भन्ने यकिन जानकारी भने आएको छैन । स्थानीय तथा प्रहीको टोलीले आगो नियन्त्रणमा लिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार