काभ्रेको पनौती नगरपालिका स्थित त्रिवेणीघाट नजिकैको भित्तामा ढुङ्गामा कुँदिएको बुद्ध मूर्तिको प्राणप्रतिष्ठा(ह्राप्ने) सम्पन्न भएको छ।
सडक बिस्तारको क्रममा सडक भित्तामा भेटिएको उक्त ढुङ्गामा करिब डेढ महिना अगाडि देखि सुरु गरिएको शाक्यमुनि बुद्ध मुर्तिको प्राणप्रतिष्ठा(ह्राप्ने) धर्म गुरु लामा पेमा घिसिङ र औपचारिक कार्यक्रमको उदघाटन पनौती नगरपालिकाका प्रमुख श्री भीम न्यौपाने ज्यूबाट मिति २०७८ माघ १७ गते सम्पन्न भएको हो।
पनौतीमा रहेका तामाङ तथा गैर तामाङ सहितको उपस्थिमा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहुनुभएका पनौती नगरपालिकाका प्रमुख श्री भीम न्यौपाने, पनौती तामाङ सेवा समितिका सचिब हुत्तमान घिसङ(दावा), चित्रकार उत्तरमान घिसिङ र आर्थिक सहयोगी विशाल थिङले मन्तव्य राख्नुभो।
मन्तव्य राख्ने क्रममा आर्थिक सहयोगी विशाल थिङले जानी नजानी आफुले गरेको सहयोगबा ठूलो काम बन्न पुगेको भन्दै खुसी व्यक्त गर्नुभयो भने थाङका खाइपा उत्तरमान घिसिङले प्रयास गरेपछि जे पनि सफल हुने रहेछ भन्दै पनौती तामाङ समाजको साथ अझै अगाडि देखि नै भएको भए अझ बढी मिहनत गरेर अझ राम्रो मुर्ति तयार गर्नमा प्रोत्साहन मिल्ने विचार राख्नुभयो।
तामाङ सेवा समितिका सचिब हुत्तमान घिसिङले पनौतीमा स्थायी बासिन्दाका रुपमा तामाङहरुले विगतमा साँस्कृतिक र धार्मिक अवसरको प्रयोगमा पीडित रहेपनि अबका दिनमा समान अबसर हुनेमा आशा व्यक्त गर्दै पारीवारिक पहलबाट निर्माण भएको भए पनि उदघाटनपछि उक्त बुद्धमुर्तिको संरक्षण गर्ने जिम्मा पनौती नगरपालिकाले लिनुपर्ने विचार राख्नुभयो।
कार्यक्रमका प्रमुख अतिथि पनौती नगरपालिकाका प्रमुख भीम न्यौपानेले सबै जाती, धर्म र संस्कारले सम्पन्न पनौती नगर रहेकोले सबैको सम्मान गर्ने प्रतिवद्धता व्यक्त गर्दै निर्माण भएको उक्त बुद्ध मुर्तिबाट पनौतीमा थप धार्मिक सम्पदा थपिएकोमा खुसी व्यक्त गर्नुभयो।साथै उक्त शाक्यमुनि बुद्धमिर्तिको संरक्षण गर्ने जिम्मा पनौती नगरपालिकाले लिने विश्वास व्यक्त गर्नुभयो।
अनौपचारिक कार्यक्रममा एक घण्टा धर्म गरु लामा पेमा ग्याछोबाट प्रवचन भयो।