सेर्तुङ रुबी भ्यालीमा सडक पुग्यो, स्थानीयमा हर्ष, डोजर चालकलाई सम्मान

.

काठमाडौं । दामन पाख्रिन राजमार्ग अन्तर्गतको सडक खण्ड रुबी भ्यालीको सेर्तुङ पुगेको छ । उक्त सडक खण्डलाई नेपाली कांग्रेसले डिपिआर गरेको थियो ।

कांग्रेसका केन्द्रीय सदस्य दिलमान पाख्रिनले शिलान्यास गरेको उक्त सडक खण्ड आइतबार सेर्तुङ पुगेको हो । सडक खण्डको ट्रयाक खनेर रुबी भ्याली ३ पुर्याको डोजर चालकलाई स्थानीयले भव्य स्वागत गर्दै सम्मान गरेका थिए ।

 

सो स्थानमा सडक पुगेसँगै स्थानीयमा खुसी छाएको स्थानीय तथा कांग्रेसका युवा नेता प्रदिप तामाङले जानकारी दिए । नेपाली कांग्रेसको नेतृत्वमा भएको उक्त सडक खण्डमा छिटै सवारी सञ्चालन गर्ने तयारीमा रहेको तामाङको भनाई छ ।

यहाँ सडक पुगेसँगै काठमाडौं आउन जान सहज हुने अपेक्षा छ । साथै पर्यटकी क्षेत्र रुबी भ्यालीमा सडक खण्ड जोडिएसँगै पर्यटन व्यवसायीमा समेत खुसी छाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार